कर्णालीको विकास सरकारको उच्च प्राथमिकतामा
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासलाई सरकारले उच्च प्राथमिकतमा राख्ने बताएका छन् ।
- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेशका सांसदसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले गतबर्षको बजेट बिनियोजनमा कर्णालीका महत्वपूर्ण योजनाहरु छुटेकाले यसपालि कर्णालीलाई प्राथमिकतामा राखिने बताए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासलाई सरकारले उच्च प्राथमिकतमा राख्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेशका सांसदसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले गतबर्षको बजेट बिनियोजनमा कर्णालीका महत्वपूर्ण योजनाहरु छुटेकाले यसपालि कर्णालीलाई प्राथमिकतामा राखिने बताए ।
“गतवर्ष कर्णाली प्रदेशका जिल्लालाई योजना र बजेट दिन छुटेको सही हो तर यसपाली त्यो क्रम दाहोरिदैन” प्रधानमन्त्रीले भने, “सरकारले कर्णाली प्रदेशको विकासलाई उच्च प्राथमिकतामा राख्छ ।”
प्रधानमन्त्री ओलीले जनसंख्याका आधारमा मात्र स्रोतको परिचालन भन्ने कुरा जायज नभएको स्पष्ट पारे । “कर्णालीको भूगोलको विशिष्टता बेग्लै छ” प्रधानमन्त्रीको भनाइ छ, “यस भूगोललाई विशेष रुपमा बजेट विनियोजन गरेर विकासको मुल प्रवाहमा ल्याउनुपर्दछ ।”
प्रधानमन्त्री ओलीले कर्णालीको समग्र विकास र जिल्लागत विकासका आयोजनाहरुको विवरण बैसाखको पहिलो हप्ताभित्र आफूलाई र सम्बन्धित मन्त्रालयलाई उपलब्ध गराउन सांसदहरुलाई निर्देशन दिए ।
प्रतिक्रिया