डा गोविन्द केसीले काठमाण्डौ आउन अस्वीकार गरे, पत्रकारलाइ पठाए यस्ताे सन्देश

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३, २०७५
|
|
४३ पटक हेरिएको
Shares
डा गोविन्द केसीले काठमाण्डौ आउन अस्वीकार गरे, पत्रकारलाइ पठाए यस्ताे सन्देश

सारांश

  • काठमाण्डौ, ३ साउन ।
  • जुम्लामा आमरण अनसनरत डा  गोविन्द केसीले काठमाण्डौ आउन अस्वीकार गरेका छन् ।
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनसनरत डा।

काठमाण्डौ, ३ साउन । जुम्लामा आमरण अनसनरत डा  गोविन्द केसीले काठमाण्डौ आउन अस्वीकार गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनसनरत डा। केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सरकारले बिहीबार बिहानै हेलिकोप्टर पठाएको थियो ।

केसीले पत्रकारहरुका लागि दिएको अडियो सन्देशमा यस्तो भनेका छन् ।

सुन्नमा के आएको छ भने मलाई राज्यले अपहरण गरेर काठमाण्डौ लगेर मेरो अभियान तुहाउँदै छ । यदी मेरो स्वास्थ्यप्रति राज्य चिन्तित छ भने मेरो माग पूरा गर्नतिर लाग्नुपर्यो ।

मेरो माग पूरा गर्नुपर्छ, त्यो भयो भने त म अनशन तोडिहाल्छु नि । तर मेरो लागि यो पवित्रस्थल हो । चन्दननाथ बाबाको काखमा बसेर अनशन बसिरहेको छु । जबसम्म माग पूरा हुँदैन, तबसम्म मेरो अनशन जारी रहन्छ । मेरो नागरिक अधिकार खोस्ने अधिकार कसैसँग छैन । यस्तो गुण्डागर्दी चल्दैन ।

यो सरकार जनताको हकहितको विरुद्धमा छ । म जनताको हकका लागि लडिरहेको छु । राज्यपक्ष माफिया, डन र अधिनायवाद पोस्नतिर लागेको छ । त्यसको विरुद्धमा लडेको हुँ । माफिया, डन र अधिनायवादको हार हुन्छ, जनताको जित हुन्छ । धन्यवाद ।”

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Tanka Giri

    गोबिन्द लेसिलाइ खुसामत गर्दै लिन जाने नेपाल सरकार उस्तो हो गोबिन्द केसिले नेपाली जताको कुनै हित सोचेको छैन यस्ले आफ्नो ब्याक्तिगत स्वार्थ पूरा गर्न खोजेको मात्र हो यस्ताको पछि नलाग्नुनै उचित हुन्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस उम्मेदवार निर्वाचित
बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेस उम्मेदवार निर्वाचित
प्रधानमन्त्रीको चासोपछि समयमै पाउने भए विद्यार्थीले पुस्तक
प्रधानमन्त्रीको चासोपछि समयमै पाउने भए विद्यार्थीले पुस्तक
सङ्घीयता खारेज गर्न एउटा पक्ष लागिरहेको छ : जसपा अध्यक्ष यादव
सङ्घीयता खारेज गर्न एउटा पक्ष लागिरहेको छ : जसपा अध्यक्ष यादव
टुरिजम डेभलप्मेन्ट बचत तथा ऋण सहकारीको आठौ वार्षिक साधारण सभा सम्पन्न
टुरिजम डेभलप्मेन्ट बचत तथा ऋण सहकारीको आठौ वार्षिक साधारण सभा सम्पन्न
बूढासुब्बा गोल्डकप फागुन १० देखि
बूढासुब्बा गोल्डकप फागुन १० देखि
एसिसी यु -१९: अफगानिस्तान ७ विकेटले विजयी, नेपाल बाहिरियो
एसिसी यु -१९: अफगानिस्तान ७ विकेटले विजयी, नेपाल बाहिरियो
नेताको नाम बेच्दै गरिएको दादागिरीको कुरै नगरौँ
नेताको नाम बेच्दै गरिएको दादागिरीको कुरै नगरौँ
देशको अर्थतन्त्रमा गम्भीर दुर्घटना हुने अवस्थामा : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे
देशको अर्थतन्त्रमा गम्भीर दुर्घटना हुने अवस्थामा : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे
सीमा वार्ता असफल, प्रजिअको टोली रित्तो हात फिर्ता
सीमा वार्ता असफल, प्रजिअको टोली रित्तो हात फिर्ता
चोलेन्द्रसमशेरले आज प्रधानन्यायाधीशको सपथ लिँदै
चोलेन्द्रसमशेरले आज प्रधानन्यायाधीशको सपथ लिँदै