पार्टी र नेतृत्वको संरक्षण सबैको कर्तव्य हाे : डा आरजु राणा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ५, २०८०
|
|
४२ पटक हेरिएको
Shares
पार्टी र नेतृत्वको संरक्षण सबैको कर्तव्य हाे : डा आरजु राणा

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टी र पार्टीका नेतृत्वको संरक्षण गर्नु सबै नेता तथा कार्यकर्ताहरुको कर्तव्य हो भनेकी छन् ।
  • पार्टीको जारी केन्द्रीय समितिको बैठकमा नेता राणाले पार्टीमा लागिसकेपछि पार्टीको तथा पार्टीका नेताहरुको संरक्षण गर्नु सबै कार्यकर्ताको कर्तव्य भएको बताइन् ।

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टी र पार्टीका नेतृत्वको संरक्षण गर्नु सबै नेता तथा कार्यकर्ताहरुको कर्तव्य हो भनेकी छन् । पार्टीको जारी केन्द्रीय समितिको बैठकमा नेता राणाले पार्टीमा लागिसकेपछि पार्टीको तथा पार्टीका नेताहरुको संरक्षण गर्नु सबै कार्यकर्ताको कर्तव्य भएको बताइन् ।

नेत्री डा राणाले आफ्नै पार्टी र नेतृत्वको खुलारुपमा आलोचना नगर्न पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्यलाई सुझाव दिएकी हुन । उनले पार्टीको सिद्धान्तको पछि लागेर अघि बढेमात्रै नेपाली कांग्रेस पार्टी सफल हुने र त्यसपछि मुलुकको राजनीति र कांग्रेसका नेताहरु सफल हुने धारणा राखिन् ।

पार्टीले महिला र दलितलाई उचित स्थान नदिएको गुनासो पनि गरिन् । “निर्वाचन आयोगले महिलालाई ३३ प्रतिशत उठाउनै पर्छ भनेको छ, हाम्रो पार्टीको योजना के हो ”, उनको प्रश्न थियो, “अन्तिममा टर्च बालेर महिला खोज्ने हो कि अहिलेदेखि नै काम गर्ने हो ।”

उनले राजनीति गर्ने र सरकार चलाउनेबीच खाडल रहेको भन्दै त्यसमा पनि कांग्रेसले ध्यान दिन जरुरी रहेको बताइन् । “पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा म उनको पत्नीका रुपमा चार/पाँच ठाउँमा पुगेकी छु”, उनले भनिन्, “हाम्रा मन्त्रीहरु सरकार सञ्चालनको तयारी अवस्थामै हुनुहुन्न, उनीहरुले सिक्दासिक्दै मन्त्री पद गइसक्छ । त्यसैले यस विषयलाई घोषणपत्रमै उल्लेख गरेर अघि बढ्नपर्छ ।”

उनले मुलुकमा कसरी शासन सञ्चालन भइरहेको छ भन्ने विषयमा प्रशिक्षण सञ्चालन गर्न आग्रहसमेत गरिन् । निर्वाचन जितेर आउने तर शासन गर्न नजान्दा नेताहरु असफल हुने गरेको उनको टिप्पणी थियो । उनले सामाजिक सञ्जाल र पछिल्लो समय विकास भएको ‘आर्टिफिसियल इन्टेलिजेन्स्’को बारे पनि जानकारी लिन आवश्यक रहेको बताइन् । नेता राणाले पार्टीका नेताहरु नै आफूहरु फिल्डमा जाँदा एउटा कुरा भन्ने र काम अर्कै भइरहेको भन्दै यसबीच सन्तुलन आवश्यक रहेको बताइन् ।

नेता राणाले पार्टीले सदस्यको सङ्ख्या मात्रै बढाएर नहुने भन्दै सङ्ख्याले सबै अर्थ नराख्ने बताइन । “मलाई यस्तो जिल्ला र वडाहरु थाहा छ, जहाँ क्रियाशिल सदस्यभन्दा कम भोट आएको छ”, उनले भनिन्, “सदस्यता लिनका लागि पहिले आवेदन लिने र त्यसपछि प्रशिक्षण दिनुपर्छ, राजनीति किन गर्न लागेको जानकारी हुनुपर्छ ।”

डा राणाले कांग्रेसले आफ्नो परराष्ट्र नीतिमा पुनरावलोकन गर्नुपर्ने हो कि भनेर सोच्नुपर्ने सुझाव पनि दिइन् । विश्वभर धुव्रीकरण भइरहेको भन्दै यसमा ध्यान दिन उनले सुझाव दिइन् । “परराष्ट्र नीतिमा हामी पहिलेकै ठाउँमा छौँ कि यताउता भएका छौँ यस विषयमा स्पष्ट हुनुपर्छ”, उनले भनिन् , “अहिले विश्व नै धुव्र्रीकरण भएको समयमा मुलुकलाई असंलग्न नीतिमा कसरी राखिराख्ने हो त्यसमा ध्यान दिनु जरुरी छ”, उनको भनाइ थियो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी क्याम्पसले विद्यार्थी पाउन छाडे, सरस्वतीमा नेपाली पढ्ने १ जना !
सरकारी क्याम्पसले विद्यार्थी पाउन छाडे, सरस्वतीमा नेपाली पढ्ने १ जना !
आन्तरिक राजश्व कार्यालय उत्कृष्ट
आन्तरिक राजश्व कार्यालय उत्कृष्ट
काठेपुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै स्थानीयवासी
काठेपुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै स्थानीयवासी
प्रदेश लोक सेवा गठन नहुँदासम्म कर्मचारीको पदपूर्ति लोक सेवाले गर्ने
प्रदेश लोक सेवा गठन नहुँदासम्म कर्मचारीको पदपूर्ति लोक सेवाले गर्ने
जिउँदै मानिसलाई खाल्डोमा गाड्ने यो ठाउँ
प्रभावकारी बन्दै सुनौलो हजार दिन
प्रभावकारी बन्दै सुनौलो हजार दिन
युएस बंगला एयरलाइन्स दुर्घटना: परिवारले क्षतिपूर्ति पाउन थाले
अण्डरवेयरमा लगाएर सडकमा दौडिरहेका थिए बेहुला, पछाडिबाट कारले दियो ठक्कर
अण्डरवेयरमा लगाएर सडकमा दौडिरहेका थिए बेहुला, पछाडिबाट कारले दियो ठक्कर
गलत विवरण दिने र पक्राउ गर्नेलाई कारबाही गर्न चिकित्सक सङ्घको माग
गलत विवरण दिने र पक्राउ गर्नेलाई कारबाही गर्न चिकित्सक सङ्घको माग
जेन-जी आन्दोलन पनि पश्चिमाको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
जेन-जी आन्दोलन पनि पश्चिमाको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं