महावीर पुनका मागप्रति घरेलु तथा साना उद्योग महासङ्घको ऐक्यबद्धता

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १८, २०८०
|
|
३२ पटक हेरिएको
Shares
महावीर पुनका मागप्रति घरेलु तथा साना उद्योग महासङ्घको ऐक्यबद्धता

सारांश

  • काठमाडौँ ।
  • नेपाल घरेलु तथा साना उद्योग महासङ्घले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सुरु गरेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलनमा समर्थन र ऐक्यबद्धता प्रकट गरेको छ ।
  • महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंह नेतृत्वको टोलीले धर्ना स्थलमा पुगेर पुन र धर्नारत आविष्कार केन्द्रको टोलीलाई भेटेर आफ्नो संस्थागत समर्थन जनाएको छ ।

काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सुरु गरेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलनमा समर्थन र ऐक्यबद्धता प्रकट गरेको छ ।

महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंह नेतृत्वको टोलीले धर्ना स्थलमा पुगेर पुन र धर्नारत आविष्कार केन्द्रको टोलीलाई भेटेर आफ्नो संस्थागत समर्थन जनाएको छ ।

धर्ना स्थलमा महासङ्घका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, महासङ्घ केन्द्रीय महिला उद्यमी समिति अध्यक्ष रोशनी उपाध्याय, महासचिव डम्बरप्रसाद रेग्मी, सचिव दीपक बुढालगायतको ऐक्यबद्धताका लागि सहभागिता रहेको थियो ।

आफ्ना मागहरूसहित धर्नामा बसिरहेका महावीर पुन र आविष्कार केन्द्रका टोलीसँगको भेटमा महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष खडा गर्नुपर्ने तथा अनुसन्धान र नवप्रवर्तनका लागि हरेक वर्ष विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने कुरा महासङ्घले पनि उठाउँदै आएको भन्दै यसको पूर्ण समर्थन रहेको बताए ।

महासङ्घका अध्यक्ष सिंहले मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिका लागि खोज, अनुसन्धान, नवीन सोच र आविष्कार अपरिहार्य विषय भएको बताउँदै पुन र आविष्कार केन्द्रले उठाएका विषय र मागहरू सान्दर्भिक भएको बताए ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले आफ्नो अभियानमा संस्थागत उपस्थिति र ऐक्यबद्धता जनाएकामा महासङ्घको टोलीलाई धन्यवाद दिँदै लघु, घरेलु तथा साना उद्योगहरुमा अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा सहकार्य गरिने बताए ।

उनले अनुसन्धान, नवप्रर्वतन र अविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन बनाउनुपर्ने, अनुसन्धान केन्द्रबाट उत्पादन भएका वस्तुको बजारीकरणका लागि नीति नियम बनाउनुपर्ने, कामलाई सहज बनाउन र आवश्यक अनुसारको नीति नियम बनाउन ‘नवउद्यमी प्रवर्द्धन समिति’ बनाउनुपर्ने, नवउद्यमी बन्न चाहने नेपालीका लागि अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनुपर्ने आफ्नो माग दोहो¥याए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘आफ्नो गाउँ आफैँ बनाऔँ’ का थालनीकर्ता कम्युनिष्ट नेता भरतमेहन प्रकाश सिलवाल काठमाडौँ। कानून व्यवसायबाट सामाजिक क्षेत्रमा लागेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी अर्थतन्त्रका विज्ञसमेत थिए। शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएका नेता अधिकारी मनमोहन स्मृति

पुराना कुरा बिर्सेर परिवर्तनमा होमिन अनुरोध
पुराना कुरा बिर्सेर परिवर्तनमा होमिन अनुरोध
फिफा विश्व फुटबलको मुख्य विवादित घटनाहरु
फिफा विश्व फुटबलको मुख्य विवादित घटनाहरु
आमाले गरिन् आफ्नै छोरामाथि यौन दुर्व्यवहार
घरमै बसेर मासिक ६ लाख कमाउन खोज्दा….
थप ५० जनामा कोभिड-१९ को संक्रमण पुष्टि
थप ५० जनामा कोभिड-१९ को संक्रमण पुष्टि
‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ, उपत्यकामा सार्वजनिक विदा
‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ, उपत्यकामा सार्वजनिक विदा
जनयुद्धले जुराएको जोडी बने गाउँपालिका प्रमुखमा उम्मेदवार
जनयुद्धले जुराएको जोडी बने गाउँपालिका प्रमुखमा उम्मेदवार
विद्यार्थीलाई चरा चिनाउने अभियान
विद्यार्थीलाई चरा चिनाउने अभियान
स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री बस्नेत

तपाईंले छुटाउनुभयो कि?