गाम्फा धुरी ओझेलमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०८०
|
|
४० पटक हेरिएको
Shares
गाम्फा धुरी ओझेलमा

सारांश

  • म्याग्दी ।
  • पर्यटकीय सम्भावना बोकेको म्याग्दीको मङ्गला गाउँपालिका–४ र बाग्लुुङको ताराखोला गाउँपालिका–३ को सिमानामा रहेको गाम्फा धुरी ओझेलमा परेको छ ।
  • हिमाल र पहाडी भूूगोलका साथै सूर्योदयको अवलोकन गर्न उपयुुक्त स्थान भए पनि पूूर्वाधार र प्रचारप्रसारको कमीले गाम्फाधुुरीमा पर्यटक भित्रन नसकेका हुुन् ।

म्याग्दी । पर्यटकीय सम्भावना बोकेको म्याग्दीको मङ्गला गाउँपालिका–४ र बाग्लुुङको ताराखोला गाउँपालिका–३ को सिमानामा रहेको गाम्फा धुरी ओझेलमा परेको छ । हिमाल र पहाडी भूूगोलका साथै सूर्योदयको अवलोकन गर्न उपयुुक्त स्थान भए पनि पूूर्वाधार र प्रचारप्रसारको कमीले गाम्फाधुुरीमा पर्यटक भित्रन नसकेका हुुन् ।

पूर्वी रुकुमको चुरेनदेखि गुर्जा, धवलागिरि, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे«्र हुँदै गोर्खामा रहेका मनास्लुसहितका २० भन्दाबढी हिमशृङ्खला अवलोकन गर्न सकिने गाम्फाधुुरी सुुनसान छ । म्याग्दी, बागलुङ, पर्वत र कास्की जिल्लाकासमेत अधिकांश ग्रामीण बस्ती देख्न सकिने गाम्फाधुरीमा स्वामी परमानन्द महाराजले तपस्या गर्नेक्रममा बनाएको कुटी, साधनास्थल र हवनकुण्डको भग्नावशेष देख्न सकिने मङ्गला गाउँपालिका–४ का वडा सदस्य होममाया पुुनले बताए ।

“व्यवस्थित पदमार्ग, खाने, बस्ने सुविधा, खानेपानी, विद्युत् सुुविधाविहीन गाम्फाधुुरीको सौन्दर्य र विशेषता स्थानीयस्तरमा सीमित हुुँदा ओझेल परेको हो”, उनले भने, “घना जङ्गलको बीचमा रहेको अग्लो पहाडको टुप्पो, गाम्फा धुरीको सौन्दर्यको वर्णन गरिसाध्य छैन ।” गाम्फाधुरीमा परापूर्वकालमा स्वर्गद्वारीबाट आएका १००८ स्वामी परमानन्द महाराजले तपस्या गरेका थिए । बस्तीदेखि टाढा रहेको गाम्फाधुुरीमा तपस्वीले ढुङ्गा खोपेर पानी सङ्कलन गर्न बनाएको संरचना छ ।

तपोभूमि क्षेत्रका ऐतिहासिक संरचनाको दृश्यावलोकन र प्राकृतिक सुन्दरताले मोहित बनाउने बेनीका अमित विश्वकर्माले बताए । “सूर्योदय र सूर्यास्तको सुन्दर दृश्यले मोहित बनायो”, उनले भने, “यस क्षेत्रको जङ्गलमा विभिन्न प्रजातिका लालीगुराँस, वनस्पति, विभिन्न चराचुरुङ्गी र जनावर पनि अवलोकन गर्न पाइन्छ ।”

गाम्फाधुरीमा पूर्वाधार निर्माण, आध्यात्मिक र धार्मिक क्षेत्रको विकास गर्न, ऐतिहासिक तपोभूमिको संरक्षण तथा प्रवद्र्धनमा जनप्रतिनिधिले चासो देखाएका छन् । मङ्गला गाउँपालिका–४ का वडाध्यक्ष लालबहादुुर रोकाले ऐतिहासिक तपोभूमिको संरक्षण, पूर्वाधार निर्माण र प्रवद्र्धन गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न वडाले पहल थालेको बताए ।

“गाम्फाधुरी प्राकृतिक सुन्दरतासँगै ऐतिहासिकस्थल हो”, उनले भने, “यहाँ भग्नावशेषमा परिणत भएका संरचनाको संरक्षण, पूर्वाधार निर्माण र प्रवद्र्धन गरेर तपस्वी, भक्तजन र पर्यटक भित्र्याउन सकिन्छ ।”

विसं २०१७ देखि २०२७ सम्म गाम्फाधुरी बस्नुभएका स्वामी परमानन्दबाट स्थानीय छविप्रसाद शाहनन्द लामिछाने र खड्कप्रसाद रोकाले पनि शिक्षा प्राप्त गरेका थिए । उनले २०१८ सालमा सोही वडाको दुर्दिमा शिवालय मन्दिर स्थापना गरेका थिए । तपोभूमि क्षेत्रमा मन्दिर, स्वामी परमानन्दसहित उनका चेलाहरू छविप्रसाद र खड्कप्रसादको मूर्ति बनाउने वडा कार्यालयको योजना छ ।

“गाम्फाधुरीलाई धार्मिक र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सडक निर्माण, खानेपानी, पदमार्ग निर्माण, तपोभूमिमा पूर्वाधार निर्माण र प्रवद्र्धनका लागि गाउँपालिका, प्रदेश र सङ्घ सरकारका सम्बन्धित कार्यालयसमक्ष बजेटको माग गरेका छौँ”, वडाअध्यक्ष रोकाले भने ।

गाउँपालिकाका सब–इञ्जिनियर धनबहादुर बोहराले तपोभूमि क्षेत्रको संरक्षण, गाम्फाधुरीसम्म पूर्वाधार निर्माण, सडक र पदमार्ग निर्माणका लागि ठूलो रकम आवश्यकपर्ने बताए । गाम्फाधुरीमा पूर्वाधार निर्माणका लागि प्रदेश तथा सङ्घ सरकारसँग बजेटको माग गर्नलाई हाल वडा कार्यालयले सर्वेक्षण गरेको उनले बताए ।

म्याग्दीको सदरमुकाम बेनीबाट तातोपानी हुँदै मङ्गला–४ बुकेनीमा सवारी साधनमार्फत एक घण्टाको यात्रा र बुकेनीबाट करिब साढे तीन घण्टाको पैदलयात्रामार्फत गाम्फाधुरी पुग्न सकिन्छ । त्यस्तै मङ्गला–३ को झाँक्रीपानी भएर पनि उक्त स्थानमा पुग्न सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यात्रुले मजदुरलाई दिए ५ सयको नक्कली नोट : गभर्नर खतिवडाकै हस्ताक्षर
यात्रुले मजदुरलाई दिए ५ सयको नक्कली नोट : गभर्नर खतिवडाकै हस्ताक्षर
मतदाता शिक्षा : लोकदोहोरीदेखि भजनसम्म
मतदाता शिक्षा : लोकदोहोरीदेखि भजनसम्म
पाल्पामा वाम गठबन्धनका उम्मेदवारहरु विजयी
पाल्पामा वाम गठबन्धनका उम्मेदवारहरु विजयी
प्रधानन्यायाधीश भन्छन–‘एयरपोर्ट बन्ने वा नबन्ने पनि अदालतले हेर्छ’
प्रधानन्यायाधीश भन्छन–‘एयरपोर्ट बन्ने वा नबन्ने पनि अदालतले हेर्छ’
सरकारकाे चेतावनीपछि बक्यौता तिर्दै  विमान कम्पनी
सरकारकाे चेतावनीपछि बक्यौता तिर्दै विमान कम्पनी
५० राउण्ड गोलीसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परे आमा छोरा
५० राउण्ड गोलीसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परे आमा छोरा
मोबाइलको पल्स घट्यो:अब कुराकानी गर्दा तपाइँको पैसा यसरी जोगिन्छ
दाहाललाई १ एक वर्षका लागि फोर्स कमाण्डरको जिम्मेवारी
दाहाललाई १ एक वर्षका लागि फोर्स कमाण्डरको जिम्मेवारी
निर्वाचन केन्द्रित भई कार्य सम्पादन गर्न निर्देशन
निर्वाचन केन्द्रित भई कार्य सम्पादन गर्न निर्देशन
सांसद महेश बस्नेतको नेतृत्वमा निजिकरण गरिएका सार्वजनिक जग्गाको खोजिकार्य सुरु
सांसद महेश बस्नेतको नेतृत्वमा निजिकरण गरिएका सार्वजनिक जग्गाको खोजिकार्य सुरु