कस्ले गर्‍यो ‘उम्मेदवारको’ हत्त्या, कारण के थियो ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ५, २०७४
|
|
५५ पटक हेरिएको
Shares
कस्ले गर्‍यो ‘उम्मेदवारको’ हत्त्या, कारण के थियो ?

सारांश

  • ५ असार, संखुवासभा ।
  • जिल्लाको दुर्गम भुतखोला गाउँपालिका वडा नम्बर २ मा आफ्ना वडाध्यक्षका उम्मेदवारको हत्या भएको भन्दै माओवादी केन्द्रले त्यहाँ पुनः मनोनयन दर्ता गर्न पाउनुपर्ने माग गरेको छ ।
  • माओवादी केन्द्रका १ नम्बर प्रदेश इञ्चार्जसमेत रहेका पूर्वमन्त्री गोपाल किरातीले अनलाइनखबरसँग भने– ‘हाम्रा वडाध्यक्ष उम्मेदवार मनोनयन गर्दाका लागि आउँदै गर्दा बाटैमा हत्या भएको छ, हत्यारालाई कारवाही गरी त्यहाँ पुनः मनोनयन दर्ता गर्न दिइनुपर्छ ।

५ असार, संखुवासभा । जिल्लाको दुर्गम भुतखोला गाउँपालिका वडा नम्बर २ मा आफ्ना वडाध्यक्षका उम्मेदवारको हत्या भएको भन्दै माओवादी केन्द्रले त्यहाँ पुनः मनोनयन दर्ता गर्न पाउनुपर्ने माग गरेको छ ।

माओवादी केन्द्रका १ नम्बर प्रदेश इञ्चार्जसमेत रहेका पूर्वमन्त्री गोपाल किरातीले अनलाइनखबरसँग भने– ‘हाम्रा वडाध्यक्ष उम्मेदवार मनोनयन गर्दाका लागि आउँदै गर्दा बाटैमा हत्या भएको छ, हत्यारालाई कारवाही गरी त्यहाँ पुनः मनोनयन दर्ता गर्न दिइनुपर्छ ।’

किरातीका अनुसार भुतखोला–२ का छिनाङ भोटे उम्मदेवारी दर्ताका लागि हटियाकेन्द्रतर्फ आउँदै गर्दा बाटैमा उनको हत्या भएको हो । माओवादीले आइतबार त्यहाँ वडाध्यक्षमा मनोनयन दर्ता गराएको छैन ।

माओवादी नेता किरातीले  भने– ‘सरकारले शान्ति सुरक्षा कायम गर्नुपर्‍यो, हत्यारालाई कारवाही हुनुपर्‍यो र हामीले उम्मदेवारी दिन पाउनुपर्‍यो ।’

किरातीले आफ्ना कार्यकर्ताको हत्या एमालेले गरेको आरोप लगाएका छन् । साथै उनले एमालेलाई त्यहाँ निर्वाचन लड्न दिन नहुने र हत्यारालाई तुरुन्त पक्रेर कारवाही गर्नुपर्ने बताएका छन् । किराती यतिबेला जिल्लामै छन् ।

स्थानीय प्रशासन भन्छ– राजनीतिक घटना होइन

यसैवीच संखुवासभा जिल्ला प्रशासन कार्यालयले भने यो घटना ‘राजनीतिक’ नभई ‘पारिवारिक’ भएको दाबी गरेको छ ।

‘केही राजनीतिक दलहरुले आफ्नो उम्मेदवार मारिएको भनिरहनुभएको छ, तर यो घटना विशुद्ध पारिवारिक झगडाका कारणले भएको हो भन्ने प्रारम्भिक रिपोर्ट आएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले अनलाइनखबरसँग भने ।

घिमिरेले भने– ‘आपसमा झगडा परेपछि ढुंगा हानाहान हुँदा मृत्यु भएको भन्ने रिपोर्ट आएको छ । घटना बेलुका पाँच बजेतिर भएको भन्ने छ, जब कि ४ बजे नै मनोनयन दर्ता गर्ने समय सकिइसकेको थियो ।’

हत्याको घटना भएको सत्य भए पनि यसको यथार्थ के हो भन्नेबारे प्रहरीले रिपोर्ट तयार पारिरहेको घिमिरेले बताए । तर, यसलाई राजनीतिक रंग दिन खोजिएको उनले गुनासो गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्समा यी चिज राखे कंगाल भइने सम्भावना !
पर्समा यी चिज राखे कंगाल भइने सम्भावना !
कुचो लिएर राजनीति कुचिकार बनेर राष्ट्रिय राजनीतिलाई नै सफा पार्नेछु ।’ -ढुंगाना ।
कुचो लिएर राजनीति कुचिकार बनेर राष्ट्रिय राजनीतिलाई नै सफा पार्नेछु ।’ -ढुंगाना ।
कुमाख मालिकामा महिला उम्मेदवार विजयी
मधेशी माननीय ‘नरमाया ढकाल’ले पैदा गरेको तरङ्ग
मधेशी माननीय ‘नरमाया ढकाल’ले पैदा गरेको तरङ्ग
नेपाल आइडलका प्रतिस्प्रधी निशानको आह्वान…..
नेपाल आइडलका प्रतिस्प्रधी निशानको आह्वान…..
युएईबाट ‘रेड नोटिस’ जारी भएका व्यक्तिलाई पक्राउ गरी झिकाइयो
युएईबाट ‘रेड नोटिस’ जारी भएका व्यक्तिलाई पक्राउ गरी झिकाइयो
पार्टी एकताबाट पछाडि फर्किने पुल भत्काइसकेका छौं : प्रचण्ड
पार्टी एकताबाट पछाडि फर्किने पुल भत्काइसकेका छौं : प्रचण्ड
शिखर सम्मेलनको संकल्प ‘सबै मानव एकताबद्ध हुनुपर्छ’
शिखर सम्मेलनको संकल्प ‘सबै मानव एकताबद्ध हुनुपर्छ’
प्रधानमन्त्री ओलीका कुरा सुन्दा हाँसो उठ्छ, काम देख्दा रुन मन लाग्छ : रामहरि खतिवडा
प्रधानमन्त्री ओलीका कुरा सुन्दा हाँसो उठ्छ, काम देख्दा रुन मन लाग्छ : रामहरि खतिवडा
प्राधिकरणका तीन सञ्चालकलाई हटाउने उर्जा मन्त्रालयको निर्णयलाई सर्वोच्च अदालतको सदर
प्राधिकरणका तीन सञ्चालकलाई हटाउने उर्जा मन्त्रालयको निर्णयलाई सर्वोच्च अदालतको सदर