दोस्रो फान अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक, २० विधामा छक्कापञ्जा
सारांश
- काठमाडौं, ७ चैत ।
- नेपाल चलचित्र कलाकार संघको आयोजनामा हुन लागेको दोस्रो फान अवार्ड २०७३ को मनोनयन आज सार्वजनिक गरिएको छ ।
- राजधानीमा आयोजित विशेष कार्यक्रममा २४ विधाका उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो ।
काठमाडौं, ७ चैत । नेपाल चलचित्र कलाकार संघको आयोजनामा हुन लागेको दोस्रो फान अवार्ड २०७३ को मनोनयन आज सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित विशेष कार्यक्रममा २४ विधाका उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो ।
उक्त अवार्डमा २०७३ सालमा रिलिज भएका चलचित्रहरुमध्य छक्कापञ्जा २० वटा विधामा मनोनयनमा परेको छ । त्यस्तै जात्रा चलचित्र १२ वटामा मनोनयन परेको कार्यक्रममा जानकारी गराइएको छ । यसैगरी शान्ति मास्को राष्ट्रिय पुरस्कारको रकम यस पटकदेखि नेपाल चलचित्र कलाकार संघ अमेरिका च्याप्टरले प्रायोजन गरेको छ । अवार्ड वितरण आगामी १६ गते काठमाडौको आर्मी अफिसर्स क्लबमा आयोजना हुने छ ।
कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी नीर शाहले यस्ता अवार्डले नेपाली कलाकारको क्षमता बृद्धिमा सहयोग पुग्ने बताए । उनले देश संघीयतामा गएजस्तै कला क्षेत्रलाई पनि एक अर्कासँग समन्वय गराएर अघि बढ्नु पर्ने सुझाव दिए ।
नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्रकुमार रिजाल ‘शशी’ले कला र विज्ञापन क्षेत्र एक अर्काको परिपूरक भएकाले आगामी दिनमा पनि आन र आफूले नेतृत्व गर्ने संस्था ‘की एडभरटाइजिङ’ सँगै अघि बढ्न तयार रहेको बताए । अध्यक्ष रामकेशर बोगटीले गत बर्ष जस्तै आगामी १६ गते काठमाडौको आर्मी अफिर्सस क्लबमा आयोजना हुन लागेको अवार्डलाई सभ्य र भव्य बनाउन सबैसँग आग्रह गरे ।

प्रतिक्रिया