पार्टी एकताबाट पछाडि फर्किने पुल भत्काइसकेका छौं : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १५, २०७४
|
१८
|
३५ पटक हेरिएको
Shares
पार्टी एकताबाट पछाडि फर्किने पुल भत्काइसकेका छौं : प्रचण्ड

सारांश

  • काठमाडौं, १५ पुस ।
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकताबाट अब कोही पनि पछाडि फर्किने ठाउँ नरहेको बताएका छन् ।
  • शनिबार दिउँसो सिन्धुली जिल्लाका सांसदहरुको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, “पार्टी एकताबाट पछाडि फर्किने ठाउँ नै छैन ।

काठमाडौं, १५ पुस । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकताबाट अब कोही पनि पछाडि फर्किने ठाउँ नरहेको बताएका छन् । शनिबार दिउँसो सिन्धुली जिल्लाका सांसदहरुको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, “पार्टी एकताबाट पछाडि फर्किने ठाउँ नै छैन । पछाडि फर्किने पुल भत्काइसकेका छौं ।”

अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनभन्दा पहिले नै एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको प्रयासमा भइरहेको बताए । “हिजोमात्र मेरो र कमरेड केपी ओलीबीच लामो र गम्भीर छलफल भयो । नयाँ सरकार गठन गर्न केही दिन लाग्ने देखिन्छ । त्यसभन्दा अघि नै पार्टी एकता टुङ्ग्याउने प्रयास गरेका छौं । अब छिटै पार्टी एकता हुन्छ ।”

बाम गठबन्धनलाई जनताले अत्यधिक मतले जिताएको तर यो अवसरमात्र होइन वाम गठबन्धनका लागि चुनौतिसमेत भएको प्रचण्डको भनाइ थियो । “जनताले हामीबाट धेरै नै आशा राखेका छन् । अब पनि अस्थिरता, अब पनि भ्रष्टाचार, अब पनि झगडा भयो भने हाम्रो राजनीति गर्ने ठाउँ नै रहँदैन । यो शान्ति, सुशासन र समृद्धिका लागि जनताले दिएको ठूलो मौका हो, यसलाई हामीले कुनै हालतमा चुक्न दिने छैनौं ।”

शनिबार दिउँसो नै एमालेका बरिष्ठ उपाध्यक्ष बामदेव गौतमद्वारा लिखित नेपाल नवनिर्माण महाअभियान नामक पुस्तकको बिमोचन गर्दै अध्यक्ष प्रचण्डले जनताको जनादेश बामपन्थीका लागि अग्निपरीक्षा भएको बताएका थिए । त्यस अवसरमा प्रचण्डले भने, “जनताले हामीलाई विश्वास गरेका छन् । अबको बहस विकासको बहस हो, समृद्धिको बहस हो, विकास र समृद्धिमा गुणात्मक छलाङ जरुरी छ । त्यसका लागि बामदेवजीको पुस्तकले महत्वपूर्ण प्रेरणा दिनेछ ।”

“हामी सफल भए देशको विकासले नयाँ युगतिर फड्को मार्नेछ । ५० वर्षअघि हाम्रै हाराहारीमा रहेका सिङ्गापुर, कोरिया र मलेसिया आज विकासको नयाँ युगमा छन्”, अध्यक्ष प्रचण्डले भने, “हामी पनि विकासको नयाँ युगमा प्रवेश गर्दैछौं । त्यसका लागि शान्ति, सुशासन र समृद्धिको बलियो संकल्प चाहिन्छ । अब हाम्रो सम्पूर्ण ध्यान त्यही दिशातिर केन्द्रित हुनुपर्छ ।”

प्रतिक्रिया

18 कमेन्ट

    Comment Author

    Gb Chettri

    फेरि वेल्डिङ्ग गरे भै हाल्छनी राज्नितिमा असम्भव केछर प्रचन्ड जिउ नो टेन्सन।

    Comment Author

    Ganesh Khadka

    Good kamret

    Comment Author

    Dipendra Keshari Basnet

    मावबादिकाे काम नै भत्काउने हो अनि …………

    Comment Author

    Narayani Laxmi

    उचित सम्बाेधन ।अति राम्राे भनाइ ।

    Comment Author

    NBshah Thakuri

    Nakkali mao haru ko ke bishwash

    Comment Author

    Drona Khanal

    दलाली गर्दैछ !रुनुपर्नेहो समानुपाथिक हेरेर

    Comment Author

    Khumlal BC

    Bam gathabandhan mileko hoina xaam bandhan mileko ho kahile yata ta kahile uta

    Comment Author

    Dipen Karki

    Good

    Comment Author

    Krishna Thakuri

    कमरेड प्रचण्ड कुर्ची भन्दा ठुलो पार्टी हो र पार्टी भन्दा ठुलो देश र जन्ता हो त्यसैले एमाले माओवादी एकता र देशमा शान्ति सुशासन र समृद्धिका लागि जन्ताले दिएको ठुलो मौका हो त्यसैले कुनै पनि हालतमा चुक्न दिनु हुदैन यदि चुक्नु भयो भने जन्ताकाे आसुले सरापने छ र नेपाली काँग्रेस काे जस्तो हाल हुनेछ

    Comment Author

    Tilak Sunari

    Good

    Comment Author

    Navaraj Khatri

    अब याे मरछ छाेरा माेरै अब यसकाे पालि भगवानले काे लाढिमा अबाज हुदैन

    Comment Author

    So DAa Ree Xetry

    good सोचाइछ देस अगाडि बडाउनु पर्छ कम्लीस्ट सम्रीद नेपाल बनायर देखाउनु होस नत्र 2 माघले जाडो जादैन त्योपनी ख्याल रहोस

    Comment Author

    Manoj Lamichhane

    बनाको के छ ? त्यो पनी जान्न पाए काउकुति लाग्थ्यो कि ?

    Comment Author

    Uttam Chudal Six Pusta

    Sahi ho yo nai janata ko chahana ho

    Comment Author

    Abhaagi Karma Mero

    kuro sahiho aba pani jantalai nirasa banaunuvayo vane rajnik bata sanyas lida hunxa …

    Comment Author

    Maha Rana

    Abo poni jantalai nirash bonaunu vyo vne abo ko 5borsh feri cangresh haru kasari jharpat vyo tohi hunna vanu sakidaina porxad jyu

    Comment Author

    Luitel CM

    बनाएको पो के छ र ? तागत छ भने राजनेता बनेर देखाऊ ,अवसर मिलेको छ,भाषण सुन्नु छैन

    Comment Author

    Gorkhali Magar

    Ramro garis
    Danka.
    Aba netaharu delete.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 18
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?