माल्दिभ्समा १३ जनामा कोरोना संक्रमण, १३ अर्ब डलरको आपतकालीन कोष स्थापना

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ३, २०७६
|
|
६० पटक हेरिएको
Shares
माल्दिभ्समा १३ जनामा कोरोना संक्रमण, १३ अर्ब डलरको आपतकालीन कोष स्थापना

सारांश

  • माले।
  • दक्षिण एसियाली मुलुक माल्दिभ्समा सोमबारसम्ममा प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १३ जना पुगेको माल्दिभ्स स्वास्थ्य सुरक्षा केन्द्र (एचपिए) ले जनाएको छ ।
  • पछिल्लो पटक तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो।

माले। दक्षिण एसियाली मुलुक माल्दिभ्समा सोमबारसम्ममा प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १३ जना पुगेको माल्दिभ्स स्वास्थ्य सुरक्षा केन्द्र (एचपिए) ले जनाएको छ । पछिल्लो पटक तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो।

स्थानीय संचार माध्यमका अनुसार संक्रमित तीन जनामध्ये दुई जना सफारीमा र एक जना अनातारा धिगु माल्दिभ्स रिसोर्टमा भेटिएका थिए। एचपिएले ११ जनालाई फारुकोल्हुमा अलग्याएर राखिएको जनाएको छ।

यसैबीच, माल्दिभ्स सरकारले पूर्व सावधानीका लागि भन्दै १३ अर्ब अमेरिकी डलरको आपतकालीन कोष स्थापना गरेको जनाएको छ। राष्ट्रिय आपतकालीन विपद केन्द्र (नियोक) का प्रवक्ता मोहमद माब्रुक अजीजले उक्त कोषको रकम चन्दा र आर्थिक सहायता प्रदान गर्न वितरण नगरिने स्पष्ट गरे।

उनले कोरोनाभाइरसको परीक्षणका लागि थप ५ हजार सामान माल्दिभ्स ल्याइएको पनि बताए।

पर्यटन मन्त्री अलि वाहीदले मुलुकको पर्यटन कोषबाट आवश्यक परेमा स्वास्थ्य उपकरण र प्राविधिक विज्ञहरु झिकाइने बताए।

गत साता, स्वास्थ्य मन्त्रालयले माल्दिभ्समा सार्वजनिक स्वास्थ्य आपतकालको घोषणा गरेको थियो। माल्दिभ्सले कोरोनाभाइरसको परीक्षणका लागि इन्दिरा गान्धि स्मृति अस्पतालबाट सेवा लिइरहेको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवाले भने–’पदको लोभ पनि छैन्, टाउकोमा आईहाले भाग्नेपनि छैन्’
देउवाले भने–’पदको लोभ पनि छैन्, टाउकोमा आईहाले भाग्नेपनि छैन्’
सरकारी चिकित्सकले निजी क्लिनिक सञ्चालन नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
सरकारी चिकित्सकले निजी क्लिनिक सञ्चालन नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
सुन प्रकरणमा अर्का मुख्य न्यायाधीश भुर्तेल पनि कारवाहीमा
सुन प्रकरणमा अर्का मुख्य न्यायाधीश भुर्तेल पनि कारवाहीमा
विप्लव समूहका तीन पक्राउ
विप्लव समूहका तीन पक्राउ
उम्मेदवार बेपत्ता भएपछि अर्कै उम्मेदवार
उम्मेदवार बेपत्ता भएपछि अर्कै उम्मेदवार
प्रवासीको लगानीमा आठ किमी मोटरबाटो निर्माण
पत्रकारलाइ विपद् व्यवस्थापन तालीम
पत्रकारलाइ विपद् व्यवस्थापन तालीम
एक वर्ष नपुग्दै किन फुट्यो विवेकशील साझा! ‘पार्टीलाई धोका भएको’ निश्कर्ष
एक वर्ष नपुग्दै किन फुट्यो विवेकशील साझा! ‘पार्टीलाई धोका भएको’ निश्कर्ष
चीनको सहयोगमा नौतले दरबार पुनःनिर्माण सुरु, चिनियाँ उपप्रधानमन्त्रीले गरे शुभारम्भ
चीनको सहयोगमा नौतले दरबार पुनःनिर्माण सुरु, चिनियाँ उपप्रधानमन्त्रीले गरे शुभारम्भ
एकपटक मारिसकेको व्यक्तिलाई पुनः मारियो,माफ गर्नै नमिल्नेलाई आममाफीले विवाद !
एकपटक मारिसकेको व्यक्तिलाई पुनः मारियो,माफ गर्नै नमिल्नेलाई आममाफीले विवाद !