नेपाल प्रहरीमा ३ हजार १ सय १ दरबन्दी थप

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २५, २०७५
|
|
३५ पटक हेरिएको
Shares
नेपाल प्रहरीमा ३ हजार १ सय १ दरबन्दी थप

सारांश

  • काठमाडौं, २५ जेठ।
  •   नेपाल प्रहरीमा ३ हजार १ सय १ दरबन्दी थप हुने भएकाे छ ।
  • दरबन्दी थप्नका लागि गृह मन्त्रालयले पठाएको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको बताइएकाे छ।

काठमाडौं, २५ जेठ।  नेपाल प्रहरीमा ३ हजार १ सय १ दरबन्दी थप हुने भएकाे छ ।

दरबन्दी थप्नका लागि गृह मन्त्रालयले पठाएको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको बताइएकाे छ।

अर्थको सहमतिपछि आगामी मन्त्रिपरिषद् बैठकबाट दरबन्दी थपको निर्णय गर्न लागिएको हो। गृह मन्त्रालयका सहसचिव हरिप्रसाद पुडासैनीका अनुसार दरबन्दी थपसम्बन्धी प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको छ।

थप गर्न लागिएको दरबन्दीमा एक एसएसपी (प्राविधिक), १४ एसपी, १२ डिएसपी तथा ५० इन्सपेक्टरका पद छन्।  हरेक स्थानीय तहसम्ममा प्रहरी संयन्त्र र्पुयाउनका लागि यो दरबन्दी थप भएको गृह मन्त्रालय स्रोत बताउँछ।

विभिन्न गाउँपालिकामा नयाँ कार्यालय स्थापनाको प्रस्ताव अनुसार दरबन्दी थप भएको हो। त्यस्तै नयाँ जिल्लाहरु पूर्वी नवलपरासी र पूर्वि रुकुममा पनि दरबन्दी स्वीकृत भएको हो। हाल ती जिल्लामा काजमा प्रहरी खटाइएको छ।

अहिले थपिएको दरबन्दीले केही सहजता हुने भए पनि अपुग भएको प्रहरी अधिकारीहरु बताउँछन्। प्रहरीका लागि करिब २० हजार दरबन्दी थप्नुपर्ने माग हुँदै आएको छ।

दरबन्दी थपसँगै फेरि बढुवाको दौडधुप सुरु भएको छ। खासगरी एसपी बढुवामा छुटेका डिएसपीहरुलाई दरबन्दी थपले राहत दिएको हाे। १४ वटा एसपीको दरबन्दी थप भएकाले मुख्यालयले त्यसमा बढुवाको तयारी सुरु गरिसकेको छ। असारभित्रै थपिएका दरबन्दीमा बढुवा गर्न लागिएको स्राेतले बताएकाे छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Gb Chettri

    जेजती थप भएनी आखिर तालिम त सुन तस्कर्कै हुदो रहेछ केगर्नेर ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?