त्रीभुवन अन्तराष्ट्रीय बिमानस्थलको बिकल्पका रुपमा गौतमबुद्ध बिमानस्थल रहने: मन्त्री अधिकारी
सारांश
- काठमाडाै, ९ जेठ ।
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले त्रीभुवन अन्तराष्ट्रीय बिमानस्थलको बिकल्पका रुपमा गौतमबुद्ध विमानस्थल रहने बताएका छन ।
- निर्माणाधीन विमानस्थलको बुधबार अनुगमन पश्चात पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै मन्त्री अधिकारीले निजि क्षेत्रलाई विमानस्थल सञ्चालन गर्न नदिए हवाई सेवा प्रतिस्पर्धी बनाउन नसकिने बताए ।
काठमाडाै, ९ जेठ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले त्रीभुवन अन्तराष्ट्रीय बिमानस्थलको बिकल्पका रुपमा गौतमबुद्ध विमानस्थल रहने बताएका छन ।
निर्माणाधीन विमानस्थलको बुधबार अनुगमन पश्चात पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै मन्त्री अधिकारीले निजि क्षेत्रलाई विमानस्थल सञ्चालन गर्न नदिए हवाई सेवा प्रतिस्पर्धी बनाउन नसकिने बताए ।
उनले अहिले विमानस्थलको काम सन्तोषजनक रुपमा अगाडि बढेको बताए। यसअघि उनले चैत २४ गते विमानस्थलको स्थलगत निरीक्षण गरेका थिए।
मन्त्री अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसकेपछि यसको सञ्चालन निजी क्षेत्रले गर्ने बताएका छन्।
इञ्जिनियर ओम शर्माले विमानस्थलको हालसम्म ४० प्रतिशतकाम सकिएविमानस्थलको ७० प्रतिशत भौतिक संरचनामध्ये बाँकी ३० प्रतिशत विद्युतीय र मेसिनरीको काम भौतिक संरचना पूरा भए लगत्तै सुरु गरिने बताए ।
प्रतिक्रिया