दैनिक झण्डै ४० सरकारी सवारीले लिन्छन् इम्बोस्ड नम्बर प्लेट

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २६, २०७७
|
|
२३ पटक हेरिएको
Shares
दैनिक झण्डै ४० सरकारी सवारीले लिन्छन् इम्बोस्ड नम्बर प्लेट

सारांश

  • सरकारले गत साउनमा शुरु गरेको इम्बोस्ड नम्बर प्लेट लिने सरकारी सवारीसाधनको सङ्ख्या दैनिक ४० हाराहारीमा रहेको छ ।
  • आगामी फागुनसम्ममा सबै सरकारी सवारीसाधनले सो नम्बर प्लेट लिनुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ ।
  • गत महिनासम्ममा पाँच हजार ३०० सवारीसाधनले सो नम्बर प्लेट लिइसकेको विभागका निर्देशक रामचन्द्र पौडेलले जानकारी दिए ।

सरकारले गत साउनमा शुरु गरेको इम्बोस्ड नम्बर प्लेट लिने सरकारी सवारीसाधनको सङ्ख्या दैनिक ४० हाराहारीमा रहेको छ । आगामी फागुनसम्ममा सबै सरकारी सवारीसाधनले सो नम्बर प्लेट लिनुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

गत महिनासम्ममा पाँच हजार ३०० सवारीसाधनले सो नम्बर प्लेट लिइसकेको विभागका निर्देशक रामचन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार केही समययता सरकारी साधनमा इम्बोस्ड नम्बर प्लेट लिने क्रम बढिरहेको छ । अन्तिम म्याद नजिकिएकाले यो सङ्ख्या अझै बढ्ने उनले बताए । उनले भने, “कोरोनाका कारण प्रगति कम भए पनि अब सङ्क्रमण कम भएकाले विस्तारै बढ्न सक्छ ।”

सरकारले इम्बोस्ड नम्बर प्लेट लिन सरकारी सवारीसाधनका लागि विभागमा जाने व्यवस्था मिलाएको छ । निजी चारपाङ्ग्रे सवारीसाधनलाई टेकुस्थित भेहिकल फिटनेस सेन्टर र मोटरसाइकलका लागि गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा जानुपर्ने छ । निजी सवारीसाधनमा इम्बोस्ड लिनेको सङ्ख्या अझै कम रहेको विभागले जनाएको छ । विभागले यसको प्रयोग बढाउन नयाँ दर्ता हुने सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको उनले बताए ।

प्रगति कम भइरहेमा यो लटसम्म वा यो मितिसम्म लिनुपर्छ भनी अनिवार्य गरिने तयारी भइरहेको उनले बताए । उनले भने, “यो मितिसम्म गर्नुैपर्छ भनेर मात्रै धेरैले गर्नेछन् ।” भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले गत साउन १० मा यसको वितरण शुरु गरेका थिए ।

सरकारले डिजिटल प्रविधिमा गएर स्मार्ट कार्डका रुपमा रहेको सो नम्बर प्लेट देशभरका सबै सवारीसाधनमा वितरण गर्ने योजना बनाएको छ । सवारी धनीले सो नम्बर प्लेटका लागि तोकिएको बैंकमा राजश्व बुझाउनुपर्ने विभागले जनाएको छ । दुईपाङ्ग्रे सवारीसाधनका लागि रु दुई हजार पाँच सय, चारपाङ्ग्रे साना तथा मझौला सवारीका लागि रु तीन हजार दुई र ठूला सवारीका लागि रु तीन हजार ६०० राजश्व जम्मा गर्नुपर्नेछ ।

सवारीको कर चुक्तासम्बन्धी अद्यावधिक कागजात, नम्बर प्लेटवापतको रकम जम्मा गरेको बैंक भौचर र अनलाइन फाराम भरेको प्रिन्ट गरिएको कागजात तोकिएको कार्यालयमा जम्मा गर्नुपर्ने बताइएको छ ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा लगानी गर्न विदेशी उद्यमीलाई उपराष्ट्रपति पुनको आह्वान…
नेपालमा लगानी गर्न विदेशी उद्यमीलाई उपराष्ट्रपति पुनको आह्वान…
गौचनका हत्याराले निम्तायो प्रहरीभित्र यस्तो विवाद, दुई डीआईजीबीच पानी बाराबार
गौचनका हत्याराले निम्तायो प्रहरीभित्र यस्तो विवाद, दुई डीआईजीबीच पानी बाराबार
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
नागरिकता ऐनसम्बन्धि विधेयकमा खनालको राष्ट्रिय अडान
नागरिकता ऐनसम्बन्धि विधेयकमा खनालको राष्ट्रिय अडान
देशभर आज १४ सय ९० संक्रमित थपिए
देशभर आज १४ सय ९० संक्रमित थपिए
सांसद विकाससँग नजोडिने हो भने जनताका समस्या कसले बुझ्ने र सम्बोधन गर्ने त ? : सांसद अधिकारी
सांसद विकाससँग नजोडिने हो भने जनताका समस्या कसले बुझ्ने र सम्बोधन गर्ने त ? : सांसद अधिकारी
भन्सार एजेन्टमा रोजगारीको अवसर
भन्सार एजेन्टमा रोजगारीको अवसर
‘क्यान्टोन्मेन्ट’मा ‘भ्रष्टाचार’ ठहर भए जेल जान तयार रहेको प्रधानमन्त्रीको घोषणा
‘क्यान्टोन्मेन्ट’मा ‘भ्रष्टाचार’ ठहर भए जेल जान तयार रहेको प्रधानमन्त्रीको घोषणा
प्रहरीका सईले दुई पत्रकारलाई गोलीले उडाउने धम्की दिएपछि…
प्रहरीका सईले दुई पत्रकारलाई गोलीले उडाउने धम्की दिएपछि…
निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी कुनै कानुन बनाउँदैनौँ  : प्रधानमन्त्री
निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी कुनै कानुन बनाउँदैनौँ : प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?