फूलमाला लगाएर निस्किएका ढुंगेलको यस्तो आक्रोस !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १५, २०७५
|
|
१८ पटक हेरिएको
Shares
फूलमाला लगाएर निस्किएका ढुंगेलको यस्तो आक्रोस !

सारांश

  • काठमाण्डौ, १५ जेठ ।
  •   पूर्वसांसद समेत रहेका बालकृष्ण ढुंगेलमंगलबार विहान डिल्लीबजार कारागारबाट रिहा भएका छन ।
  • रिहा भएलगत्तै उनले मानवअधिकारवादी र वकिलप्रति आक्रोस पोखेका छन् ।

काठमाण्डौ, १५ जेठ ।  पूर्वसांसद समेत रहेका बालकृष्ण ढुंगेलमंगलबार विहान डिल्लीबजार कारागारबाट रिहा भएका छन ।

रिहा भएलगत्तै उनले मानवअधिकारवादी र वकिलप्रति आक्रोस पोखेका छन् ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै ढुंगेलले युद्धका बेला शान्ति र शान्तिमा युद्धको खेती गर्ने ‘डलरवादीहरु’ले आफूलाई जेलमा सडाउने षड्यन्त्र गरेको आरोप लगाए । उनले भने, ‘डलरवादीहरुको अभियानप्रति घृणा व्यक्त गर्छु ।’

उनले आफूलाई रिहा गर्ने सरकारको निर्णयविरुद्ध मुद्दा हाल्ने वकिलहरुको पनि चर्को विरोध गरे । आफूले सर्वोच्च अदालतको सम्मान गर्ने तर, आफूविरुद्ध परेको रिटमा लामो बहस गर्न जरुरी नभएको ढुंगेलले बताए ।

०५५ सालमा ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा ०६६ मा उनलाई सर्वोच्चले सवैस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। गत कात्तिकमा उनी पक्राउ परेका थिए ।

ढुङ्गेललाई रिहा गर्ने समाचार प्रकाशन भएपछि परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाई जारी छ । यससम्बन्धमा अन्तरिम आदेशको माग गर्दै परेको रिटमा साेमवार( हिजो) सुनुवाईको क्रममा बहस नसकिएकोले न्यायाधीशद्वय मीरा खड्का र टंकबहादुर मोक्तानको संयुक्त इजलासले ढुंगेलको कैद सजाय मिनाहासम्बन्धि सरकारी निर्णयको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयबाट फिर्ता हुने गरी अदालतमा झिकाई मंगलबार (आज) पेश गर्न आदेश दिएको थियो ।

११औँ गणतन्त्र दिवसको अवसरमा ढुङ्गेलसहित अन्य ८१६ कैदीले पनि कैद माफी पाएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद माफी गरेकी हुन्। कैद माफी पाएकाहरु रिहा भएका छन् ।

असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिए सरकारको सिफारिसमा आधारमा कैद माफी दिन सक्ने व्यवस्था संविधानमा रहेको छ । संविधानको धारा २७६ बमोजिम उनीहरुलाई माफी दिइएको हो ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Bhakta Bdr Sodari

    Halat ho

    Comment Author

    Santosh Shrestha

    Vayako jatie sabaie riha gardehunx sarkar

    Comment Author

    Bomjan Bomjan

    ????

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीको एमाले जोगाउन संसद् विघटन गरे भन्ने अभिव्यक्ति सामान्य होइन:महासचिव भुसाल
ओलीको एमाले जोगाउन संसद् विघटन गरे भन्ने अभिव्यक्ति सामान्य होइन:महासचिव भुसाल
झुण्डिएर आत्महत्या गरेको नौ महिनापछि कंकाल भेटिएपछि…
झुण्डिएर आत्महत्या गरेको नौ महिनापछि कंकाल भेटिएपछि…
मनाङ जिल्लालाई राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्ने वृतचित्रको निमार्ण
मनाङ जिल्लालाई राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्ने वृतचित्रको निमार्ण
धर्ना बस्दाबस्दा निर्मला पन्तका बुबाको मानसिक सन्तुलन खराब
धर्ना बस्दाबस्दा निर्मला पन्तका बुबाको मानसिक सन्तुलन खराब
नरैनापुर गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा देशकै उत्कृष्ट
नरैनापुर गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा देशकै उत्कृष्ट
कोरोनाभाइरसबारे हालसम्मकै सबैभन्दा ठूलो अध्ययनको निष्कर्ष सार्वजनिक
कोरोनाभाइरसबारे हालसम्मकै सबैभन्दा ठूलो अध्ययनको निष्कर्ष सार्वजनिक
कोरोना संक्रमित बाबुरामले स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै भने : ‘हामी छिट्टै निको हुनेमा विश्वस्त छौं’
कोरोना संक्रमित बाबुरामले स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै भने : ‘हामी छिट्टै निको हुनेमा विश्वस्त छौं’
कानपुरमा आठ प्रहरी मारिएपछि नयाँ डिआईजी पठाइए, ६८ प्रहरी निलम्वित
कानपुरमा आठ प्रहरी मारिएपछि नयाँ डिआईजी पठाइए, ६८ प्रहरी निलम्वित
राजीनामा मागिहाल्ने संस्कार राम्रो भएन : प्रधानमन्त्री दाहाल
राजीनामा मागिहाल्ने संस्कार राम्रो भएन : प्रधानमन्त्री दाहाल
कांग्रेस नेता निधिद्वारा केन्द्रीय समितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोज आयोजना
कांग्रेस नेता निधिद्वारा केन्द्रीय समितिको सम्मानमा मैत्रीपूर्ण रात्रिभोज आयोजना

तपाईंले छुटाउनुभयो कि?