सुनको मूल्य ४०० रुपैयाँले बढ्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २, २०७७
|
|
५५ पटक हेरिएको
Shares
सुनको मूल्य ४०० रुपैयाँले बढ्यो

सारांश

  • आज (शुक्रबार) सुनचाँदीको मूल्य वृद्धि भएको छ ।
  • यसदिन सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९७ हजार र तेजाबी सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज (शुक्रबार) सुनचाँदीको मूल्य वृद्धि भएको छ । यसदिन सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९७ हजार र तेजाबी सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बिहीबार सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला ९६ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि शुक्रबार तोलामा १० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार ३३० रुपैयाँमा किनबेच भएको छ । बिहीबार चाँदीको भाउ घटेर प्रतितोला एक हजार ३२० रुपैयाँ तोकिएको थियो ।

अन्तररष्ट्रिय बजारमा पनि शुक्रबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा सो बजारमा सुन प्रति अउन्स ६ डलर भन्दा बढिले बढेर प्रति अउन्स एक हजार ९५१ भन्दा बढिमा खरिदबिक्री भइरहेको छ । चाँदीको मूल्य भने अन्तररष्ट्रिय बजारमा आज २७ डलर बराबरमा कारोबार भइरहेको देख्न सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?