जसपाका मन्त्री पदमुक्त
सारांश
- काठमाडौं।
- प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी चार नेतालाई पदमुक्त गरेका छन्।
- प्रधानमन्त्रीले जसपाको तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ‚ भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई‚ वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी मन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई पदमुक्त गरेका हुन्।
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी चार नेतालाई पदमुक्त गरेका छन्।
प्रधानमन्त्रीले जसपाको तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ‚ भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई‚ वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी मन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई पदमुक्त गरेका हुन्।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवालाई तोकेका छन् ।
एमालेसँग चुनावी गठबन्धन गरेको जसपाका मन्त्रीलाई प्रधानमन्त्रीले हटाएका हुन्।
यसैगरी कानून‚ न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई तोकिएको छ। गोविन्दप्रसाद शर्मा कोइरालाको पदावधि सकिएर उक्त मन्त्रालय रिक्त भएको थियो ।
प्रतिक्रिया