नेकपाका नेता चौलागाईंलाई पितृ शोक

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ७, २०७५
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा दोलखाका प्रदेशसभा सदस्य पशुपति चौलागाईंका पिता चन्द्रप्रसाद चौलागाईंको ८६ वर्षको उमेरमा निधन भएको छ ।
  • दोलखाली कम्युनिष्ट आन्दोलनमा सक्रिय भूमिका खेल्नुभएका चौलगाईं लामो समयदेखि श्वासप्रश्वासको समस्याबाट पीडित थिए ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा दोलखाका प्रदेशसभा सदस्य पशुपति चौलागाईंका पिता चन्द्रप्रसाद चौलागाईंको ८६ वर्षको उमेरमा निधन भएको छ ।

दोलखाली कम्युनिष्ट आन्दोलनमा सक्रिय भूमिका खेल्नुभएका चौलगाईं लामो समयदेखि श्वासप्रश्वासको समस्याबाट पीडित थिए । घरमै विगत सात वर्षदेखि अक्सिजन दिएर राखिएकामा शनिबार अचानक स्वास्थ्य अवस्था खराब भएपछि अस्पताल भर्ना गरिएको थियो । छोरा हेमन्त चौलागाईंका अनुसार अस्पतालमा उपचार नभएपछि पशुपति आर्यघाटस्थित वैद्य अस्पतालमा  उपचारको क्रममा निधन भएको हो ।

चौलागाईलाई श्रद्धाञ्जलि अर्पण गर्न पूर्वप्रधानमन्त्री तथा नेकपाका नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित नेकपाका नेता तथा कार्यकर्ता पशुपति आर्यघाट पुगेका थिए । पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा अन्त्यष्टि गरिएको छ । श्रद्धाञ्जलि दिन नेकपा दोलखाका नेताहरु आनन्दप्रसाद पोखरेल, पार्वत गुरुङ, देवी खड्का, विश्व कार्की, विशाल खड्कालगायत नेता आर्यघाट पुगेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?