कांग्रेसमा उपसभापति नछाड्ने श्रेष्ठको दाबी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ३०, २०७४
|
|
१६ पटक हेरिएको
Shares
कांग्रेसमा उपसभापति नछाड्ने श्रेष्ठको दाबी

सारांश

  • कांग्रेस नेता गोपालमान श्रेष्ठले आफूले पार्टी उपसभापतिमा दाबी नछाड्ने बताएका छन् ।
  • सभापति हुन योग्य र सक्षम व्यक्तिले उपसभापतिमा दाबी गर्नुलाई अनौठो ठान्न नहुने उनको भनाइ छ ।
  • १५ वर्षअघि नै उपसभापति र कार्यबाहक सभापति भइसकेकाले अहिले उपसभापतिमा दाबी गर्नु स्वाभाविक भएको उनको भनाइ छ ।

कांग्रेस नेता गोपालमान श्रेष्ठले आफूले पार्टी उपसभापतिमा दाबी नछाड्ने बताएका छन् । सभापति हुन योग्य र सक्षम व्यक्तिले उपसभापतिमा दाबी गर्नुलाई अनौठो ठान्न नहुने उनको भनाइ छ । १५ वर्षअघि नै उपसभापति र कार्यबाहक सभापति भइसकेकाले अहिले उपसभापतिमा दाबी गर्नु स्वाभाविक भएको उनको भनाइ छ । ‘देउवाजीलाई १५ वर्षअगाडि तत्कालीन राजा ज्ञानेन्द्रले जेल हाल्दा कार्यबाहक सभापतिका रूपमा पार्टी चलाएको थिएँ,’ श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘अहिले उपसभापतिमा दाबी नगर्ने कुरै भएन ।’

१३औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्दा देउवाले आफूलाई उपसभापति बनाउने आश्वासन दिएको श्रेष्ठको दाबी छ । ‘म सभापति भएपछि उपसभापति तपाईं हुने कुरामा शंकै नगर्नुस् भन्नुभएको थियो, उहाँले आफ्नो वचन पूरा गर्नुहुन्छ भन्ने विश्वास मलाई छ,’ श्रेष्ठले भने ।

उपसभापति हुन पहल गरेका नेता खुमबहादुर खड्काले पनि अन्तिमतिर उपसभापतिमा आफ्नो नाम सिफारिस गरेको श्रेष्ठको भनाइ छ । ‘खुमबहादुरजीले पनि उपसभापतिमा दाबी गर्दै बन्ने पहल गर्नुभएकै हो । तर, आफू नबन्ने पक्का भएपछि उहाँले सभापति देउवासँग गोपालमानजीलाई बनाउने भए मेरो समर्थन रहन्छ भन्नुभएको हो,’ श्रेष्ठले भने, ‘केही दिनअघि खुमबहादुरजीको निधन भएपछि पार्टीले उहाँलाई पूर्वमहामन्त्रीको सम्मान दिएको छ । उहाँप्रतिको सम्मान साँचो हो भने मलाई उपसभापति बनाएर प्रतिबद्धता पूरा गर्नुपर्छ, होइन भने खुमबहादुरजस्ता नेताको आत्माले के भन्ला, त्यस विषयमा शेरबहादुरजीले पक्कै सोच्नुहोला ।’

केही दिनअघि मात्र देउवाले आफूलाई महाधिवेशनअघि दिएको वचन सम्झाएको उनले बताए । ‘अस्ति मात्र देउवालाई भेटेर मैले महाधिवेशनअघिको वचन सम्झाएको छु,’ श्रेष्ठले भने, ‘हुन्न भन्नुभएको छैन, मैले आफ्नो दाबी छोड्ने कुरै भएन ।’

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभामा क-कस्को जित्ने सम्भावना (गणितसहित)
राष्ट्रियसभामा क-कस्को जित्ने सम्भावना (गणितसहित)
जनकपुरमा नरेन्द्र माेदीकाे स्वागतमा संघीय सरकारको तर्फबाट रक्षामन्त्री ईश्वर पोख्रेलको मन्तब्य
जनकपुरमा नरेन्द्र माेदीकाे स्वागतमा संघीय सरकारको तर्फबाट रक्षामन्त्री ईश्वर पोख्रेलको मन्तब्य
सभामुख सापकोटालगायतले हत्या गरेका भनेका अर्जुन लामाको मृत्यु भएको प्रमाण छैन
सभामुख सापकोटालगायतले हत्या गरेका भनेका अर्जुन लामाको मृत्यु भएको प्रमाण छैन
आज मंगलबार, कस्तो छ तपाईंको राशिफल?
आज मंगलबार, कस्तो छ तपाईंको राशिफल?
आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु, यी तीन प्रदेशका हिमाली भेगमा हिमपात
आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु, यी तीन प्रदेशका हिमाली भेगमा हिमपात
सुन तस्करी प्रकरण :  ‘रेडी ट्रेड प्रालि’को गोदाममा छापा, ५५ बाकस ब्रेक प्याड नियन्त्रणमा
सुन तस्करी प्रकरण : ‘रेडी ट्रेड प्रालि’को गोदाममा छापा, ५५ बाकस ब्रेक प्याड नियन्त्रणमा
महिला देशको नेतृत्वमा आए भ्रष्टाचार हुँदैन्, देशलाई सजाएर राख्छौं : चौधरी
महिला देशको नेतृत्वमा आए भ्रष्टाचार हुँदैन्, देशलाई सजाएर राख्छौं : चौधरी
करेन्ट लाग्दा सहचालकको मृत्यु
करेन्ट लाग्दा सहचालकको मृत्यु
नाम्सकी छात्रा नेपालकै अब्बल विद्यार्थी
नाम्सकी छात्रा नेपालकै अब्बल विद्यार्थी
किन काकाकुल बन्यो पूर्वपश्चिम राजमार्गको अमिलिया ?
किन काकाकुल बन्यो पूर्वपश्चिम राजमार्गको अमिलिया ?

तपाईंले छुटाउनुभयो कि?