नाम्सकी छात्रा नेपालकै अब्बल विद्यार्थी
सारांश
- काठमाडौं, १० असार ।
- राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरद्वारा प्रकाशित एसइइ परीक्षाको नतिजामा एचिभर्स ग्रुपले सञ्चालन गरेको नेशनल मोडल साइन्स स्कूल (द नाम्स)की छात्रा आरध्या ज्ञवाली नेपालकै अब्बल विद्यार्थीको रुपमा उत्तीर्ण भएकी छन् ।
- उनले ४.
काठमाडौं, १० असार । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरद्वारा प्रकाशित एसइइ परीक्षाको नतिजामा एचिभर्स ग्रुपले सञ्चालन गरेको नेशनल मोडल साइन्स स्कूल (द नाम्स)की छात्रा आरध्या ज्ञवाली नेपालकै अब्बल विद्यार्थीको रुपमा उत्तीर्ण भएकी छन् । उनले ४.० जीपीए ल्याई आफूलाई नेपालकै अब्बल विद्यार्थीको रुपमा सावित गरेकी हुन् ।
टोखा नगरपालिका वडा नं. ९ को गोंगबुमा सञ्चालित नेशनल मोडल साइन्स स्कूल (द नाम्स)बाट ३७ जना विद्यार्थीहरु २०७४ साल चैतमा सञ्चालित एस.ई.ई. परीक्षामा सहभागी भएका थिए । त्यसमध्ये ५ जना ए प्लस, २१ जना ए र ११ जना बी प्लस लिएर उत्तीर्ण भएको प्रधानाध्यापक दुर्गाप्रसाद न्यौपानेले बताए ।

प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Sudarshan Dhakal
Badhai xa mero babu ko school ko nani lai
Raksh Maharjan
Congratulation THE NAMSS School???