भरतपुर मतदानका लागि तयारी सुरु, दलहरू आफ्ना उम्मेदवारले जित्ने रणनीति बनाउन आन्तरिक गृहकार्यमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १८, २०७४
|
|
२२ पटक हेरिएको
Shares
भरतपुर मतदानका लागि तयारी सुरु, दलहरू आफ्ना उम्मेदवारले जित्ने रणनीति बनाउन आन्तरिक गृहकार्यमा

सारांश

  • काठमाण्डौ ।
  • भरतपुर महानगरपालिका वडा नम्बर १९ को पर्सी हुने मतदानका लागि तयारी सुरु भएको छ ।
  • उम्मेद वारहरुले आजदेखि नै प्रचारप्रसार गर्न नपाउने भएका छन् ।

काठमाण्डौ । भरतपुर महानगरपालिका वडा नम्बर १९ को पर्सी हुने मतदानका लागि तयारी सुरु भएको छ । उम्मेद

वारहरुले आजदेखि नै प्रचारप्रसार गर्न नपाउने भएका छन् । भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको कार्यालयमा हिजो अपराह्न भएको सर्वदलीय बैठकपछि मतदानको मिति तय गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत न्यौपानेसहितको टोलीले निर्वाचन हुने वडा नम्बर १९ को वस्तुस्थिति बुझ्न स्थलगत अनुगमन गरेको थियो । मतदानको मिति तय हुँदै गर्दा उता राजनीतिक दलहरू रातारात चुनावी प्रचारप्रसारमा जुटेका छन् । पुनः मतदान गर्न सर्वोच्चले निर्णय गरेसँगै राजनीतिक दलहरूले आफ्ना उम्मेदवारले जित्ने रणनीति बनाउन आन्तरिक गृहकार्य थालेका छन् ।

भरतपुर महानगरमा २७ वटा वडाको मतगणना भइसकेको छ । अब निर्वाचन हुन बाँकी वडा नम्बर १९ र गन्न बाँकी रहेको वडा नम्बर २० को गणना हुनेछ । २७ वटा वडाको अन्तिम नतिजाअनुसार एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले ४० हजार ९८० मत ल्याउनु भएको छ भने माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको ४० हजार १९४ मत छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?