सभामुख सापकोटालगायतले हत्या गरेका भनेका अर्जुन लामाको मृत्यु भएको प्रमाण छैन
सारांश
- काठमाडौं, फागुन २९ ।
- जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालगायतले हत्या गरेका भनिएका अर्जुनबहादुर लामाको मृत्यु भएरनभएको अझै यकिन गर्न नसकिएको सर्वोच्च अदालतलाई बताएको छ ।
- सो कार्यालयका प्रमुख रविकुमार पौडेलले केही दिनअघि सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै अनुसन्धान गर्दै जाँदा लामाको मृत्यु भएरनभएको अझै यकिन गर्न नसकिएको उल्लेख गरेका हुन् ।
काठमाडौं, फागुन २९ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालगायतले हत्या गरेका भनिएका अर्जुनबहादुर लामाको मृत्यु भएरनभएको अझै यकिन गर्न नसकिएको सर्वोच्च अदालतलाई बताएको छ ।
सो कार्यालयका प्रमुख रविकुमार पौडेलले केही दिनअघि सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै अनुसन्धान गर्दै जाँदा लामाको मृत्यु भएरनभएको अझै यकिन गर्न नसकिएको उल्लेख गरेका हुन् ।
लामाकी श्रीमती पूर्णिमायाँले आफ्ना पतिलाई सापकोटालगायतले हत्या गरेको भनी २०६५ साल साउन २७ गते किटानी जाहेरी दिएकी थिइन्।
सो जाहेरीमा दिइएको तथ्यअनुसार हालसम्म उचितरुपमा अनुसन्धान नभएको भनी आलोचना भइरहेको छ । आजको नेपाल समाचार पत्रमा खवर छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया