कांग्रेसमा नेतृत्व परिवर्तनको बहस ! नेतृत्व कसलाई दिने ? कोइराला कि पौडेल ? कि सामुहिक प्रयास ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
१९ पटक हेरिएको
Shares
कांग्रेसमा नेतृत्व परिवर्तनको बहस ! नेतृत्व कसलाई दिने ? कोइराला कि पौडेल ? कि सामुहिक प्रयास ?

सारांश

  • २२ मंसिर, काठमाण्डौ ।
  • मतगणनाको सुरुआती रुझानले के देखाइसकेको छ भने यो चुनावमा कांग्रेसले शर्मनाक हार व्यहोर्ने र वाम गठबन्धनले सुविधाजनक बहुमत पाउने पक्कापक्की जस्तै छ ।
  •   कांग्रेस नेता बालकृष्ण खाँडको दाबीअनुसार पहिलो चरणमा मंसिर १० गते चुनाव भएका ३२ जिल्लामा माओवादी र एमालेले बढी सिट जिते पनि दोस्रो चरणमा चुनाव भएका ४५ जिल्लामा कांग्रेसको परिणाममा सुधार हुनेछ ।

२२ मंसिर, काठमाण्डौ । मतगणनाको सुरुआती रुझानले के देखाइसकेको छ भने यो चुनावमा कांग्रेसले शर्मनाक हार व्यहोर्ने र वाम गठबन्धनले सुविधाजनक बहुमत पाउने पक्कापक्की जस्तै छ ।

 

कांग्रेस नेता बालकृष्ण खाँडको दाबीअनुसार पहिलो चरणमा मंसिर १० गते चुनाव भएका ३२ जिल्लामा माओवादी र एमालेले बढी सिट जिते पनि दोस्रो चरणमा चुनाव भएका ४५ जिल्लामा कांग्रेसको परिणाममा सुधार हुनेछ । तर, खाँडले भनेको त्यो ‘सुधार’ ले कांग्रेसलाई ठूलो दल बनाउने र सरकारमा लैजाने सम्भावना लगभग सकिएको छ ।

अब सबैको ध्यान नेपाली कांग्रेसको आगमी भविष्य र पार्टी सभापति शेरबहादुर देउवाप्रति छ । देउवाले पार्टीको संगठन मजबुत बनाउन नसकेकाले चुनावमा लज्जास्पद हार बेहोर्नुपर्ने अवस्था आएको टिप्पणी भइरहेको छ ।

कांग्रेसले चुनाव हार्नुको धेरै कारण हुन सक्छ । तर देउवाको नेतृत्व शैली नै प्रमुख कारण मान्ने धेरै छन् । देउवाको कार्यशैली र संगठनभन्दा बढि नेतृत्वको दम्ब देखाउने प्रवृत्तिले आलोचना बढेको हो ।

त्यसो त कांग्रेसका शीर्ष नेताहरुले आफ्नो चुनावी क्षेत्रमा जनमत निर्माण गर्न नसक्नुमा नेतृत्वको मात्रै दोष हुँदैन । सबै नेताले आफ्नो क्षेत्रमा हारको जिम्मेवारी लिनै पर्छ छ ।

तर देउवाकै केही कारणले गर्दा समग्र पार्टी पंक्ति कमजोर भएको भने अवश्य हो । देउवाले प्रधानमन्त्री पदको लोभ नगरेको भए आज यो अवस्था आउने थिएन । माओावादी अध्यक्ष पुष्पकमल दाहालपछि आफू प्रधानमन्त्री बन्ने सहमति गरेका देउवाले चुनावी नतिजा र एमालेको चलाखी पहिलै आँकलन गर्न सकेको भए कांग्रेस कमजोर बन्ने थिएन ।

दाहाललाई प्रधानमन्त्री पदबाट राजिनामा दिन नलगाएर दाहालकै नेतृत्वमा सबै चुनाव गराउन देउवा तयार भएको भए वाम गठबन्धन बन्ने थिएन । तर यो टिप्पणी अहिलेको नतिजापछिको भएकाले यसमा देउवालाई दोषी देखाउनु त्यति उचित नहोला । तर देउवामा दुरदर्शिता भने नभएकै हो ।

अर्कोतिर स्थानीय निकायको चुनावमा भरतपुर महानगरपालिकामा दाहाल पुत्री रेणु दाहाललाई समर्थन गरेकै कारण पनि देउवाले आलोचना सहनु प¥यो । त्यसैले प्रधानमन्त्री नभएको भए वा दाहाललाई निरन्तरता दिएको भए अनि चुनावमा अपेक्षाकृति नतिजा नआएको भए पनि देउवा नै निशानामा पर्ने थिए ।

तर देउवाले सरकारको नेतृत्व गर्दा होस वा पार्टीको । दूरदरर्शीता र परिपक्वता देखाउन सकेनन् ।
प्रहरी प्रमुख नियुक्त गर्ने सवालमा पनि देउवा चुके । पहिलो नम्बरमा रहेका नवराज सिलवाललाई पछाडि राखेर आफू अनुकूल मानिएका जयबहादुर चन्दलाई आइजिपी बनउने प्रयास गरे । जनताको नजरमा देखिने गरी राम्रो काम गरेका सिलवाललाई विभिन्न बहानामा पछाडि धकेल्दा त्यसको प्रभाव जनतामाझ नकारात्मक परेको थियो ।

त्यसैगरी निडर र साहसी महिला प्रधानन्यायाधिश सुशीला कार्कीमाथि महाअभियोगको प्रस्ताव संसदमा कांग्रेसले नै लग्यो । त्यसलाई पनि नागरिकले सहजै लिन सकेनन् । राजनीतिक प्रतिशोधका कारण कार्कीमाथि अनावश्यक रुपमा महाअभियोग लगाउन खोजेको आरोप देउवा माथि लाग्यो ।

राजदुत नियुक्तिमा पनि देउवाले जनमत खस्केला कि भन्नेतिर ध्यान दिन सकेनन् । यसअर्थमा देउवा संगठनभन्दा शक्तिमा बढि केन्द्रित भएको विश्लेषण गर्न सकिन्छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्रू पौडेलले पनि खासै प्रभावकारी भूमिका खेल्न सकेको देखिएन । पछिल्लो समय आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रचार गर्नुबाहेक जनताको मन जित्ने कुनै काम गर्न सकेनन् ।

जे जति कारण भए पनि नेपाली कांग्रेस स्थापनाकालदेखि अहिलसम्मकै कमजोर हैसियतमा पुग्ने सम्भावना देखिएको छ । अब कांग्रेसले आफूलाई कसरी मजबुत बनाउने र अर्को पाँच वर्षपछि हुने चुनावमा पुनः बलियो भएर आउने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्ने देखिएको छ ।

भारतीय कांग्रेसले पनि पछिल्लो चुनावमा शर्मनाक हार बेहोरेको थियो । अहिले उसले राहुल गान्धीलाई अघि सारेर पार्टी मजबुत बनाउने प्रयास गरेको छ ।
नेपाली कांग्रेसभित्र पनि देउवाले नेतृत्व छोडेर कोइराला परिवारका शेखर वा शशांकलाई पार्टीको नेतृत्व दिनुपर्ने आवाज उठाएका छन् । त्यसो त यअअघिको महाधिवेशनमा सभापति पदमा पराजित भएका रामचन्द्र पौडेलको पक्षमा पनि आवाज उठ्दै आएको छ ।

अब आजा उठाउने मात्रै होइन, कांग्रेसलाई मजबुत बनाउनका लागि नेतृत्वको बारेमा उचित कदम चाल्नैपर्ने कुरालाई कांग्रेसीजनले बुझ्नु जरुरी छ । त्यसो त देउवाको विकल्प खोज्नुपर्छ नत्र कांग्रेस बलियो बन्नै सक्दनै भन्ने होइन । नेतृत्व परिवर्तन नगरीकन पनि पार्टीलाई सामुहिक प्रयासबाट बलियो बनाउन सकिन्छ ।

नेपाली कांग्रेसले यसपालि व्यहोर्ने पराजय सामान्य हुने छैन । पहिलो संविधानसभामा हारेको स्थितिमा भन्दा पनि नराम्रो पराजय ठहरिनेछ कांग्रेसका लागि अहिलेको चुनाव ।
अब ५ वर्ष बहुमत पाउने दलले कांग्रेसलाई सत्ता बाहिरै राख्ने अवस्था आउन सक्छ । त्योबेलामा कांग्रेसभित्र चरम निराशा र विग्रह आउन सक्छ ।
त्यो बेला देउवाले नैतिकताका आधारमा पार्टी सभापतिबाट राजीनामा दिन्छन् या दिँदैनन् ? त्यो अहिले नै बताउन सकिँदैन । विगतको नजिरलाई हेर्ने हो भने पहिलो संविधानसभाको चुनावपछि एमालेका तत्कालीन प्रमुख माधवकुमार नेपालले पदबाट राजीनामा दिएका थिए । तर, गिरिजाप्रसाद कोइरालाले पार्टी सभापतिबाट राजिनामा दिएनन् ।

त्यसैगरी दोस्रो संविधानसभा चुनावपछि माओवादी अध्यक्ष प्रचण्डले पार्टी अध्यक्षबाट राजीनामा दिएनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अफगानिस्तानमा भीषण हवाई कारबाही, २८ जना मारिए
अफगानिस्तानमा भीषण हवाई कारबाही, २८ जना मारिए
सत्तारुढ दलकै विद्यार्थीले मागे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा
सत्तारुढ दलकै विद्यार्थीले मागे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा
नेपाली सेनाका जर्नेलमाथि सैनिक अदालतमा मुद्दा
नेपाली सेनाका जर्नेलमाथि सैनिक अदालतमा मुद्दा
यी हुन अम्बिर गुरुङले ओखलढुंगामा गरेका काम, गुरुङ भन्छन- ‘अधुराकाम पुरा गर्नु छ’
यी हुन अम्बिर गुरुङले ओखलढुंगामा गरेका काम, गुरुङ भन्छन- ‘अधुराकाम पुरा गर्नु छ’
खानेपानी मन्त्रीद्वारा गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्रको आकस्मिक निरीक्षण, ३ महिना भित्र काम सकिने 
खानेपानी मन्त्रीद्वारा गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्रको आकस्मिक निरीक्षण, ३ महिना भित्र काम सकिने 
बजेटले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को आकांक्षा पूरा गर्ला ?
बजेटले ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को आकांक्षा पूरा गर्ला ?
१० वर्षदेखि राज गरेका मेस्सी र रोनाल्डोलाई छायामा पार्न सक्ने पाँच स्टार,
१० वर्षदेखि राज गरेका मेस्सी र रोनाल्डोलाई छायामा पार्न सक्ने पाँच स्टार,
भोजपुरमा प्रहरी र विप्लव समूहबीच भीडन्त, दुई जनाको मृत्यु
भोजपुरमा प्रहरी र विप्लव समूहबीच भीडन्त, दुई जनाको मृत्यु
रिमैको शीर्ष गीत सार्वजनिक, दयाहाङ सँग रिश्माको कमब्याक
रिमैको शीर्ष गीत सार्वजनिक, दयाहाङ सँग रिश्माको कमब्याक
किन ओलीको निर्वाचन क्षेत्रमा देउवालार्इ ताली, ओलीलार्इ गाली गरियो , यस्तो छ नालीबेली
किन ओलीको निर्वाचन क्षेत्रमा देउवालार्इ ताली, ओलीलार्इ गाली गरियो , यस्तो छ नालीबेली

तपाईंले छुटाउनुभयो कि?