बुटवलका मेयरले सुरु गरे माबाईल एप्स
सारांश
- आचार्य प्रदीप बुटवल ।
- बुटवल उपमहनगरपालिकाका नवनिर्वाचित मेयर शिवराज सुवेदीले बुटवल नगरको मोवाईल एप्स सुरु गरेका छन् ।
- मेयर सुवेदीले आफ्नो पद्भार ग्रहण गर्दै नगरका हरेक सूचनाहरु नगरबासीले घरबाटै पाउने सुविधासहितको एप्सको शुभारम्भ गरेका हुन् ।
आचार्य प्रदीप
बुटवल ।
बुटवल उपमहनगरपालिकाका नवनिर्वाचित मेयर शिवराज सुवेदीले बुटवल नगरको मोवाईल एप्स सुरु गरेका छन् । मेयर सुवेदीले आफ्नो पद्भार ग्रहण गर्दै नगरका हरेक सूचनाहरु नगरबासीले घरबाटै पाउने सुविधासहितको एप्सको शुभारम्भ गरेका हुन् ।
त्यस्तै नगरपालिकाले बुटवलका हरेक घरलाई म्याट्रिक सिस्टमबाट नम्बर प्रदान गर्ने निर्णय
समेत गरेको छ । उपमेयर गोमादेवी आचार्यले १ वर्षभित्र बुटवललाई लैगिंकमैत्री नगर घोषणा गर्ने निर्णय गरेकी छन् ।
बुटवल उपमहानगरपालिकमा नवनिर्वा्चित जनप्रतिधिको सपथ तथा पदस्थापन भएको हो । आज विहान एक कार्यक्रमकाबीच निर्वाचन अधिकृत भरतमणि पाण्डेले मेयर शिवराज सुवेदी, उपमेयर गोमादेवी आचार्य वडाध्यक्षलाई शपथ गराएका थिए भने वडा सदस्यलाई नवनिर्वा्चित मेयर शिवराज सुवेदीले शपथ खुवाएका थिए ।
पदस्थापन कार्यक्रममा नवनिर्वा्चित मेयर सुवेदीले समृद्ध बुटवलको सपना साकार पार्न सबैको सहयोग र सहकार्यमा अघि बढ्ने बताए । चुनावी मैदानमा हारजित भए पनि बुटवलको विकासका लागि एकै कित्तामा उभिन जरुरी रहेको भन्दै उनले सहयोगको अपेक्षा गरे ।
कार्यक्रममा सांसद विष्णु पौडेल, प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, मेयरमा पराजित नेपाली कांग्रेसका खेलराज पाण्डे र उपमेयरमा पराजित माओवादी केन्द्रका उपमेयर उम्मेदवार जगतबहादुर पोख्रेलले नवनिर्वा्चित मेयर उपमेयर तथा जनप्रतिनिधिलाई बधाई दिँदै नेतृत्व लिएर अगाडि बढे आफूहरुको सदैव सहयोग रहने बताए ।
सपथसंगै सुवेदी र आचार्यले आजै कार्यभार सम्हालेका छन् । हिजो सकिएको मतगणनामा एमालेका उम्मेदवार मेयर उपमेयरमा विजयी बनेका थिए । एमालेले १६ वडाध्यक्ष र कांग्रेसले तीन वडाध्यक्षमा जित हासिल गरेको छ ।
प्रतिक्रिया