ढोरपाटनमा आगलागीबाट ३० घर जले

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ९, २०७५
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  • गलकोट, ९ मङ्सिर , बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।
  • नवी गाउँमा लागेको आगो आज बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी यन्द्र शाहीले बताउनुभयो ।
  • ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हनुमान ध्वज गुल्मको टोलीले आगो नियन्त्रण लिन सफल भएको थियो ।

गलकोट, ९ मङ्सिर , बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।

नवी गाउँमा लागेको आगो आज बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी यन्द्र शाहीले बताउनुभयो । ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हनुमान ध्वज गुल्मको टोलीले आगो नियन्त्रण लिन सफल भएको थियो ।

शिकार आरक्षमा रहेको हनुमान ध्वज गुल्मका गुल्मपति सेनानी रविजंग खड्काको नेतृत्वमा १०२ जना आगो नियन्त्रण टोली र ढोरपाटन शिकार आरक्षका कर्मचारीहरुको सहयोगमा बिहान मात्र आगो नियन्त्रणमा आएको हो । ढोरपाटन वरपर चिसो मौसमका कारण स्थानीय घनधनी घुम्ती बसाइका लागि तल्लो वोबाङ तथा अन्य ठाउँमा सरेका कारण स्थानीयवासी नभएको समयमा आगो लागेको हो ।

“ढोरपाटनमा चिसोका कारण तल झरेपछि कोही छैनन्,” स्थानीयवासी इन्द्र शाहीले भन्नुभयो, “स्थानीयहरुलाई घरमा आगो लागेको खबर गरेका छौँ स्थानीय आएपछि भएको क्षतिको विवरण आउने छ ।” नेपाली सेना र शिकार आरक्षका कर्मचारीको टोलीले गाउँ नै आगो लाग्नबाट बचाएको र आगो जङ्गलतर्फ पस्न नदिएका कारण थप क्षति नभएको आरक्षका कर्मचारी वीरबहादुर थापाले बताउनुभयो ।

स्थानीयवासी आइसकेपछि मात्र घटनाको थप विवरण आउने थापाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घरहरु एकापसमा जोडिएका कारण क्षति पुगेका घर बढ्न सक्ने बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खुलामञ्चमा मिटरब्याजी पीडितले प्रवेश गर्न खोज्दा बालेन्द्रले गरे यस्तो शंका
खुलामञ्चमा मिटरब्याजी पीडितले प्रवेश गर्न खोज्दा बालेन्द्रले गरे यस्तो शंका
थाहा पाउनुहोस आजको राशीफल
थाहा पाउनुहोस आजको राशीफल
चीनसँग एक दर्जन सम्झौतामा हस्ताक्षरको तयारी
चीनसँग एक दर्जन सम्झौतामा हस्ताक्षरको तयारी
यी ५ मन्त्रीको पद जाने सम्भावना
यी ५ मन्त्रीको पद जाने सम्भावना
यि हुन पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका खेलाडीहरु !
यि हुन पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका खेलाडीहरु !
अमेरिकी सहर लस भेगसमा मारिने ५९ पुगे, ५२७ घाइते, इस्लामिक स्टेटले जिम्मेवारी लियो !
अमेरिकी सहर लस भेगसमा मारिने ५९ पुगे, ५२७ घाइते, इस्लामिक स्टेटले जिम्मेवारी लियो !
रविलाई कारबाही कि ‘क्लिन चिट’
रविलाई कारबाही कि ‘क्लिन चिट’
सुन तस्करीका मुख्य नाइके खोज्न बनाइएको आयोग गुमनाम, के कसरी काम शुरू गर्ने ? अन्योलमा !
सुन तस्करीका मुख्य नाइके खोज्न बनाइएको आयोग गुमनाम, के कसरी काम शुरू गर्ने ? अन्योलमा !
प्रतिनिधिसभाले पारित गरेको कारागार विधेयकका यस्ता छन् विशेषता
प्रतिनिधिसभाले पारित गरेको कारागार विधेयकका यस्ता छन् विशेषता
इंगल्याण्ड फाइनलमा, २३ वर्षपछि नयाँ विजेता बन्दै विश्वकप क्रिकेटमा
इंगल्याण्ड फाइनलमा, २३ वर्षपछि नयाँ विजेता बन्दै विश्वकप क्रिकेटमा