समानुपातिकतर्फ पनि एमालेको अग्रता कायमै

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २७, २०७४
|
|
२५ पटक हेरिएको
Shares
समानुपातिकतर्फ पनि एमालेको अग्रता कायमै

सारांश

  • काठमाडौं,२७,मंशिर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ ।
  • मंगलवार राती साँढे ११ बजे सम्मको गणनामा एमाले १६ लाख ७१ हजार ३३ मतका साथ पहिलो स्थानमा छ ।
  • एमालेलाई पछ्याउँदै नेपाली काँग्रेसले १५ लाख ७९ हजार ६९२ मत ल्याई दोस्रो स्थानमा छ ।

काठमाडौं,२७,मंशिर
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले)को अग्रता कायमै रहेको छ । मंगलवार राती साँढे ११ बजे सम्मको गणनामा एमाले १६ लाख ७१ हजार ३३ मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याउँदै नेपाली काँग्रेसले १५ लाख ७९ हजार ६९२ मत ल्याई दोस्रो स्थानमा छ ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) ६ लाख ६० हजार ६३१ मत सहित तेस्रो स्थानमा छ भने चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले १ लाख ७० हजार ९१९ मत पाएको छ ।त्यसैगरी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले १ लाख १५ हजार ७०८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ लाख ५ हजार १७, विवेकशील साझाले १ लाख ३ हजार ४५५, नयाँ शक्ति पार्टी नेपालले ४९ हजार ८९८, राप्रपा (प्रजातान्त्रिक) ले ३५ हजार ९७६ र राष्ट्रिय जनमोर्चाले ३२ हजार १५६ मत ल्याएका छन् ।
नागरिकबाट

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bishnu Ad

    खुशी नै मानु पराे दुधे बालक बिबेकशील साझा पाटिले समसदमा सामानुपातिक बाट दुबाे रूपि जरा हालछकि ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?