कांग्रेसमा भागवण्डा नमिलेपछि रोकियो मन्त्रिपरिषद् विस्तार…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १०, २०७४
|
|
२१ पटक हेरिएको
Shares
कांग्रेसमा भागवण्डा नमिलेपछि रोकियो मन्त्रिपरिषद् विस्तार…

सारांश

  • श्रावण १०, २०७४- सत्ताको नेतृत्व लिइरहेको नेपाली कांग्रेसभित्रको किचलोका कारण मंगलबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार रोकिएको छ ।
  • प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला, खुमबहादुर खड्काबीच भागवण्डा नमिलेर मन्त्री बन्नेको नामलाई अन्तिम रुप दिन नसकिएपछि मन्त्रिपरिषद् विस्तार रोकिएको हो ।
  • सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए ।

श्रावण १०, २०७४- सत्ताको नेतृत्व लिइरहेको नेपाली कांग्रेसभित्रको किचलोका कारण मंगलबार हुने भनिएको मन्त्रिपरिषद् विस्तार रोकिएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला, खुमबहादुर खड्काबीच भागवण्डा नमिलेर मन्त्री बन्नेको नामलाई अन्तिम रुप दिन नसकिएपछि मन्त्रिपरिषद् विस्तार रोकिएको हो । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए । कांग्रेस नेताहरु मंगलबार बिहानैदेखि गृहकार्यमा जुटेपनि भागवण्डा मिल्न नसकेको कांग्रेस स्रोतले बतायो ।

कांग्रेसमा सभापति देउवा पक्षबाट मिन विश्वकर्मा, वीरबहादुर बलायर, अर्जुन जोशी, अम्बिका बस्नेत, पौडेल पक्षबाट बलबहादुर केसी, रामकृष्ण यादव राजन (राजेन्द्रबहादुर) केसी, सरिता प्रसाईं वा कमला पन्तमध्ये एकजना, सिटौला समूहबाट भीमसेनदास प्रधान र खुमबहादुर खड्काको कोटाबाट मोहनबहादुर बस्नेत मन्त्री बन्ने चर्चा छ ।

माओवादीले पनि मन्त्रीको नाम टुंग्याएको बताए पनि सार्वजनिक गरेको छैन । स्रोतका अनुसार माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, आशा खनाल, टेकबहादुर बस्नेत, सीता नेपालीलगायतको नाम मन्त्रीको लिस्टमा समावेश भएको चर्चा छ । लोकतान्त्रिक फोरमले भने यसअघि नै मन्त्री भएका जितेन्द्र देव र गोपाल दहितलाई पठाउने भएको छ ।

मन्त्रिपरिषद् विस्तार भोलिमात्रै : निधि

यसैबीच कांग्रेस नेता विमलेन्द्र निधिले मन्त्रिपरिषद् विस्तार भोलि (बुधबार) मात्रै हुने बताएका छन् । उनका अनुसार भोलि १८ जना नयाँ मन्त्री थपिने छन् । जसअनुसार कांग्रेसबाट ९, माओवादी केन्द्रबाट ६, नेपाल लोकतान्त्रिक फोरमबाट २ र नेकपा संयुक्तबाट १ जना मन्त्री बन्नेछन् ।

 

(Phentermine)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?