आजबाट ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ सुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १०, २०८०
|
|
३९ पटक हेरिएको
Shares
आजबाट ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ सुरु

सारांश

  • काठमाडौं ।
  • आज अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसर पारेर १०० जनाको टाेलीले गोल्डेन ट्रयाङ्गल बाइक टूर’ सुरु गरेकाे छ ।
  • नेपाल टूरिजम फेस्टिभलको दोस्रो संस्करणको रहेको यस कार्यक्रमलाई एनटीपी मल्टिमिडिया ग्रुप र एक्सपल्स राइडर्स क्लबको संयुक्त आयोजनामा गरिएको हो मुकाम मिडिया नेटवर्क र हिमाल मल्टिमिडियाको सह–आयोजना रहेको छ ।

काठमाडौं । आज अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसर पारेर १०० जनाको टाेलीले गोल्डेन ट्रयाङ्गल बाइक टूर’ सुरु गरेकाे छ ।

नेपाल टूरिजम फेस्टिभलको दोस्रो संस्करणको रहेको यस कार्यक्रमलाई एनटीपी मल्टिमिडिया ग्रुप र एक्सपल्स राइडर्स क्लबको संयुक्त आयोजनामा गरिएको हो मुकाम मिडिया नेटवर्क र हिमाल मल्टिमिडियाको सह–आयोजना रहेको छ ।

‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ कार्यक्रम आज असोज १० गतेदेखि असोज १६ गतेसम्म निरन्तर जारी रहने भएको छ ।

कार्यक्रममा १०० वटा बाइकमा पत्रकार, कलाकार, भ्लगर र राइडर्ससहित १०० जनाको टोली काठमाडौँदेखि मकवानपुरगढी–हेटौंडा–पर्सा–सौराहा–भरतपुर–लुम्बनी–जितगढीकिल्ला–रानीमहल–तानसेन– स्याङ्जा हुँदै पोखरासम्मको ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ गर्न लागिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?