बग्दा*दीको शव समुद्रमा गाडियो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १४, २०७६
|
|
१८ पटक हेरिएको
Shares
बग्दा*दीको शव समुद्रमा गाडियो

सारांश

  • इ*स्लामिक स्टे*टका नेता अबु बकर अल बगदादी अमेरिकी विशेष सैन्य कारबाहीका क्रममा आत्मघाती ज्याकेट बिष्फोट गराई ज्यान लिन पुगे ।
  • उनको शवलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएको पुष्टि भइसकेको छ ।
  • शवलाई केही घन्टाभित्रै समुन्द्रमा लगेर गाडिएको अल अरेबियाले जनाएको छ ।

इ*स्लामिक स्टे*टका नेता अबु बकर अल बगदादी अमेरिकी विशेष सैन्य कारबाहीका क्रममा आत्मघाती ज्याकेट बिष्फोट गराई ज्यान लिन पुगे । उनको शवलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएको पुष्टि भइसकेको छ । शवलाई केही घन्टाभित्रै समुन्द्रमा लगेर गाडिएको अल अरेबियाले जनाएको छ । विशेष सैनिक हेलिकोप्टरमा समुन्द्रमा लगेर बगदादीलाई गाडियो ।

अमेरिकी अधिकारीले नाम नबताउने शर्तमा भनेको भन्दै अरेबियाले इस्लामिक संस्कार अनुसार शवलाई पखालेर सेतो कपडाले बेरिएको र अरब भाषामा धार्मिक टिप्प्णी समेत गरिएको उल्लेख गरेको छ । यसअघि अमेरिकी रक्षामन्त्री मार्क इस्परले बगदादीलाई धार्मिक विधि पूरा गरी गाडिएको बताएका थिए । तर, उनले कहाँ गाडिएको खुलाएनन् ।

यसअघि सन् २०११ मा अमेरिकी विशेष सैन्य कारबाहीमा मारिएका ओसामा बिन लादेनलाई पनि समुन्द्रमा गाडिएको थियो । अमेरिकी विशेष सैनिक हेलिकोप्टरले लगेर उनलाई गाडेको थियो । अमेरिकाले लडाकु हेलिकोप्टरबाट उठाएर सर्वा्धिक खोजी गरिएका लादेनको शव गोप्य ठाउँमा गाड्नुमा उक्त स्थानमा चासो बढ्न जाला भन्ने हो ।

जसरी लादेनको शव गोप्य स्थानमा गाडियो त्यसरी नै आइएसका नेता अबु बकर अल बगदादीको शव गोप्य स्थानमा गाड्यो । बगदादी शनिबार राति अमेरिकी सैन्य कारबाहीमा सिरियामा मारिएका थिए । उनी बसेको घर कम्पाउन्डमाथि अमेरिकाले हमला गरेपछि भाग्ने क्रममा आत्मघाती ज्याकेट पड्काएर ज्यान लिएका थिए ।

उनको साथमा तीन सन्तान समेत मारिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनाइसकेका छन् । बगदादी मारिदाको सैन्य कारबाहीको तस्बिर र भिडियो फुटेजका केही अंश अमेरिकाले सार्वजनिक गरिसकेको छ । एजेन्जी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?