सिन्धुपाल्चोकका अमित न्यौपानेको साउदी अरबमा निधन

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १५, २०७६
|
|
४३ पटक हेरिएको
Shares
सिन्धुपाल्चोकका अमित न्यौपानेको साउदी अरबमा निधन

सारांश

  • रियाद।
  •  देशमा बढ्दो बेरोजगारीका कारण हजारौं नेपाली युवा दिनानुदिन विदेश पलायन हुने  क्रम रोकिएको छैन।
  • विशेषगरी खाडी मुलुक र मलेसिया छिरेका अधिकांश नेपाली श्रमिक अनेक कठिनाई र पीडा सहन बाध्य छन् भने वार्षिक सयौंको संख्यामा नेपाली कामदारहरुको शव काठको बाकसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने गरेका छन्।

रियाद।  देशमा बढ्दो बेरोजगारीका कारण हजारौं नेपाली युवा दिनानुदिन विदेश पलायन हुने  क्रम रोकिएको छैन। विशेषगरी खाडी मुलुक र मलेसिया छिरेका अधिकांश नेपाली श्रमिक अनेक कठिनाई र पीडा सहन बाध्य छन् भने वार्षिक सयौंको संख्यामा नेपाली कामदारहरुको शव काठको बाकसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने गरेका छन्।

सुनौलो भविष्यको सपना देखेर खाडी छिरेका कतिपय नेपालीको सपना मिर्मिरे बिहानी नहँुदै बिलाएर जाने गरेका छन्। तिनै मध्यका हुन् सिन्धुपाल्चोक स्थायी  घर भएका अमित न्यौपाने। चार वर्ष पहिले कमाउँला, जमौंला र भविष्यमा रमाउँला भन्ने सपना बाकेर साउदी छिरेका न्यौपाने अब कहिले घर नफर्कने गरी साउदी मै अस्ताउन पुगेका छन्।

रबाबी होल्डिङ कम्पनीमा कार्यलाय सहायकका रुपमा कार्यरत २६ वर्षीय न्यौपानेको गत २० जुलाई, २०१९ शनिबार हृदयघातका कारण मृत्यु भएको हो। साप्ताहिक छुट्टीका दिन सरसफाइ गर्न दिउँसो अफिस पुगेका अमित एक्कासि छाति दुख्यो भनी अफिस सेक्रेटरीलाई टेलिफोनबाट जानकारी गराएका थिए।

“म अफिस पुग्दा उनी छटपटाइ रहेका थिए र मैले गाडीमा राखी अस्पताल लैजादै गर्दा बाटोमा उनको श्वास रोकिएको थियो,’  फिलिपिनो अफिस सेक्रेटरी क्रीस्टोफर बुसाले टोलिफोन भने। करिव आधा घण्टा चेकजाँच गरी अपरान्ह ४ : ४५ बजे साउदी अरबको रियादस्थित ओबेद स्पेसलाईज्ड अस्पतालमाले न्यौपानेलाई आधिकारिक रुपमा मृत घोषणा गरेको थियो।

(www.genusinnovation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
करोडौँ ठगी गर्ने धर्मगुरु पक्राउ
करोडौँ ठगी गर्ने धर्मगुरु पक्राउ
धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चार बुँदे सहमति
धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चार बुँदे सहमति
गृहमन्त्री थापाले भने, “बम पडकाउनेलाई अब छाडिने छैन”
गृहमन्त्री थापाले भने, “बम पडकाउनेलाई अब छाडिने छैन”
नारायणगढ–मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन
नारायणगढ–मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन
सिन्धुपाल्चोकको चुनावी एजेण्डा : पर्यटन विकास
सिन्धुपाल्चोकको चुनावी एजेण्डा : पर्यटन विकास
तपाइँका छोराछोरी एकोहोरो मोवाइल, आइप्याड चलाउँछन! फस्लान नि साइबर कुलतमा !
तपाइँका छोराछोरी एकोहोरो मोवाइल, आइप्याड चलाउँछन! फस्लान नि साइबर कुलतमा !
मन्त्रालयको निर्णय कार्यान्यन नगर्नु : सर्वोच्च
मन्त्रालयको निर्णय कार्यान्यन नगर्नु : सर्वोच्च
महोत्सवमा झडप हुँदा स्वीडेनमा ५० जना घाइते
महोत्सवमा झडप हुँदा स्वीडेनमा ५० जना घाइते
मुख्यमन्त्री शाहीले दिए प्रधानमन्त्रीलाई निम्तो, रारा आउछु : प्रधानमन्त्री
मुख्यमन्त्री शाहीले दिए प्रधानमन्त्रीलाई निम्तो, रारा आउछु : प्रधानमन्त्री