ब्रिटिश प्रधानमन्त्री टरिजा मेको जित,अविश्वासको मतमा विजय हासिल
सारांश
- एजेंसी।
- बुधवार पूरै दिन आफ्ना सांसद तथा सहकर्मीहरूलाई आउने मार्चमा ब्रिटेन ईयूबाट अलग हुने बेला आएकोले अहिले नेतृत्व फेर्ने समय होइन भन्दै मनाउने प्रयास गरेकी ब्रिटिश प्रधानमन्त्री टरिजा मेले संसदको कुल मतसंख्याको ६३ प्रतिशत मत ल्याएकी छन् र अब एक वर्ष सम्म उनलाई कसैले चुनौती दिन नसक्ने सहमति भएको बताइएको छ।
- जित पछि मेले सबै ब्रिटिश राजनीतिज्ञहरूलाई एकजुट भएर ब्रिटेनको जनताको चाहना पूरा गर्न आग्रह गरिन्।
एजेंसी। बुधवार पूरै दिन आफ्ना सांसद तथा सहकर्मीहरूलाई आउने मार्चमा ब्रिटेन ईयूबाट अलग हुने बेला आएकोले अहिले नेतृत्व फेर्ने समय होइन भन्दै मनाउने प्रयास गरेकी ब्रिटिश प्रधानमन्त्री टरिजा मेले संसदको कुल मतसंख्याको ६३ प्रतिशत मत ल्याएकी छन् र अब एक वर्ष सम्म उनलाई कसैले चुनौती दिन नसक्ने सहमति भएको बताइएको छ।
जित पछि मेले सबै ब्रिटिश राजनीतिज्ञहरूलाई एकजुट भएर ब्रिटेनको जनताको चाहना पूरा गर्न आग्रह गरिन्।
संसदमा भएको मतदानमा उनको दलका २०० सांसदहरूले उनको पक्षमा मतदान गरेका थिए पनि उनको विपक्षमा ११७ मत परेको थियो।
आफू विरुद्धको अविश्वासको मतमा विजय हासिल गर्ने वित्तिकै उनको कार्यालय रहेको टेन डाउनिङ स्ट्रिटमा बोल्दै मेले अब ब्रिटेनका जनताले चाहेजस्तै ब्रिटेन ईयूबाट अलग हुने ब्रेक्जिटको प्रक्रिया अघि बढाउने बेला आएको बताइन्।
प्रतिक्रिया