कांग्रेस नेता पौडेल र सिटौलाबीच खटपट
सारांश
- कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल र पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौलीबीच अविश्वास बढेको छ ।
- अविश्वासकै कारण सिटौलाले आफुनो नेतृत्वको तेस्रो धारलाई क्रियाशील बनाउने अभियान थालेका छन् ।
- अनपुम फुडल्यान्ड पार्टी प्यालेसमा बुधबार आफ्नो पक्षका नेता कार्यकर्तालाई सहभागी गराएर सिटौलाले यस्तो संकेत दिएका हुन् ।
कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल र पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौलीबीच अविश्वास बढेको छ ।अविश्वासकै कारण सिटौलाले आफुनो नेतृत्वको तेस्रो धारलाई क्रियाशील बनाउने अभियान थालेका छन् ।
अनपुम फुडल्यान्ड पार्टी प्यालेसमा बुधबार आफ्नो पक्षका नेता कार्यकर्तालाई सहभागी गराएर सिटौलाले यस्तो संकेत दिएका हुन् । जीपी कोइराला लोकतन्त्र संवद्र्धन केन्द्रद्धारा आयोजित वर्तमान राजनीतिक परिस्थिति र लोकतन्त्रमाथिका चुनौति विषयक कार्यक्रममा सिटौला पक्षीय नेता कार्यकर्ताको मात्रै उपस्थिति थियो ।
केन्द्रीय सदस्य गगन थापा, प्रदीप पौडेल, शिव हुमागाईसहित आफु पक्षीय सांसद जिल्ला कार्यसमिति सभापतिसहितका नेता कार्यकर्तामाझ सिटौलाले तेस्रो समुह अब पार्टी सुधारका लागि केन्द्रित हुने उद्घोष गरे ।
आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया