४० वर्ष तरकारी व्यापार तरकारी बेचेरै परिवार पाल्दै !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
२७ पटक हेरिएको
Shares
४० वर्ष  तरकारी व्यापार तरकारी बेचेरै परिवार पाल्दै !

सारांश

  • चितवन, २२ साउन ।
  • सात दशक उमेर पार गरेकी ललिता सापकोटाको दैनिकी साइकलमा तरकारी बिक्री गरेर बित्ने गर्छ ।
  • भरतपुर महानगरपालिकाको त्रिचोक निवासी ७१ वर्षीया सापकोटाले त्यही व्यापारबाट परिवार पाल्दै आएका छन् ।

चितवन, २२ साउन । सात दशक उमेर पार गरेकी ललिता सापकोटाको दैनिकी साइकलमा तरकारी बिक्री गरेर बित्ने गर्छ । भरतपुर महानगरपालिकाको त्रिचोक निवासी ७१ वर्षीया सापकोटाले त्यही व्यापारबाट परिवार पाल्दै आएका छन् । उनले तरकारी बिक्री गर्न थालेको ४० वर्ष बित्यो । पुरानो साइकलमा अगाडि टोकरी र पछाडि क्रेट छ । तिनैमा तरकारी राखेर घरघर पुगेर तरकारी बिक्री गर्छिन् ।

बिहान ४ः३० बजे उठेर दुई किलोमिटर टाढाको नारायणगढ तरकारीमण्डीमा पुग्छिन् । त्यहाँ थोकमा तरकारी खरीद गरेर भरतपुरमा बिक्री गर्छिन् । शुरुमा आठ÷दश किलोमिटर टाढासम्म साइकलमा तरकारी बिक्री गर्ने गरेपनि अहिले भरतपुरको मुख्य बसोबास क्षेत्रमा नै तरकारी खपत हुने गरेको सापकोटाले बताइन्। बिहान ९ बजेसम्म प्रायः तरकारी बिक्री भइसक्छ । त्यसपछि घर पुगेर पुनः घरधन्दा आफैँ गर्छन् । सापकोटाले भनिन् “पहिले यहाँ पातला घर थिए, धेरै टाढा टाढासम्म बिक्री गर्न पुग्थेँ । अहिले बूढो भए, नजिकै बिक्री गर्छु ।” नाफा कम राख्ने हुँदा उनका नियमित ग्राहक छन् । घरमा ७८ वर्षका श्रीमान हुनुहुन्छ । तीन छोरी र एक छोराकी आमा सापकोटोको आफ्नै व्यथा छ । सङ्कटकालमा भारत गएको छोरा अहिलेसम्म फर्किएको छैन । तीन छोरीको विवाह गरेर दिए ।

सापकोटाले भने “ज्वाइँ मलेशिया जानुभयो ठेगाना छैन, छोरीका आमाछोरा पनि मैले नै पाल्नुपरेको छ ।” आफूसँगै श्रीमान्लाई पालेर चार छोराछोरी पढाउने हुर्काउने गरेको बताउँदै उनले यही कमाइबाट सानो घरसमेत जोडेको बताए । बागलुङबाट बसाइँसराइ आएकी सापकोटाले पहिलेदेखि नै आफ्ना श्रीमान्को कुनै कमाइ नभएकाले आफैँले नियमित तरकारी बेच्दै आएको बताइन् । अरुसँग मागेर खानेभन्दा आफैँले केही गरेर खानु राम्रो देखेर नै दुःख गरिरहेको सुनाइन् । सापकोटाले भनिन् । “गर्ने अरु छैनन्, नगरी खानु छैन । बूढो भए पनि काम त गर्नै प¥यो ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?