माइक्रोले मोटरसाइकल हान्यो, चालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १३, २०७५
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • काठमाडौंको लैनचौरमा अहिले बिहान मोटरसाइकललाई माइक्रो बसले हान्दा एक युवाको मृत्यु भएको छ ।
  • लैनचौरस्थित खानीविभाग सडकखण्डमा आज मंगलबार बिहान ६ बजे दुर्घटना भएको थियो ।

काठमाडौं । काठमाडौंको लैनचौरमा अहिले बिहान मोटरसाइकललाई माइक्रो बसले हान्दा एक युवाको मृत्यु भएको छ । लैनचौरस्थित खानीविभाग सडकखण्डमा आज मंगलबार बिहान ६ बजे दुर्घटना भएको थियो ।

बा२ख २०६८ नम्बरको माइक्रो बसले बा६४प ९२८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । माइक्रो र मोटरसाइकल ठोकिंदा मोटरसाइकल चालक नुवाकोटका ३० वर्षिय प्रकाश तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भिर घाइते भई उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि बसेका सोह्रर्खुट्टे बस्ने सुरज थापा घाइते भएका छन् ।

उनको ट्रमा सेन्टरमा उपचार भैरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दुर्घटनामा संलग्न सवारी साधन सहित माइक्रो चालकलाई महानगरिय प्रहरी वृत दरबारमार्गले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?