प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १२, २०८०
|
|
३५ पटक हेरिएको
Shares
प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता

सारांश

  • काठमाडौं ।
  •  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
  •   मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । 

सो क्रममा भूकम्पपछि पुनर्निर्माण गरिएको सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको प्रधानमन्त्रीले ओलीलाई अवलोकन गराएका थिए । उनीहरुले हालै पुनर्निर्माण सकिएर सञ्चालनमा आएको सिंहदरबारको पश्चिमतर्फको भवन अवलोकन गरेका हुन् । 

२०७२ को भूकम्पपछि क्षति पुगेको यो भवन प्रबलीकरण (रेट्रोफिटिङ) गरी केही दिनअघिबाट सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?