सरकारले कमल थापाको राजनीति बचाउ गरेको बस्नेतको आरोप

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०७४
|
|
४४ पटक हेरिएको
Shares
सरकारले कमल थापाको राजनीति बचाउ गरेको बस्नेतको आरोप

सारांश

  • भक्तपुर, माघ ६ ।
  •   नेकपा एमालेका नेता तथा भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महेश बस्नेतले सरकारले जनमतविपरीत प्रदेश राजधानी र प्रदेश प्रमुख तोकेको आरोप लगाएका छन् ।
  • टेक मिडिया हाउसले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले प्रदेश नम्बर ३ को राजधानी भक्तपुर उपयुक्त हुँदाहुँदै सरकारले हेटौंडा तोकेकोमा आपत्ति जनाए ।

भक्तपुर, माघ ६ ।  नेकपा एमालेका नेता तथा भक्तपुर क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद महेश बस्नेतले सरकारले जनमतविपरीत प्रदेश राजधानी र प्रदेश प्रमुख तोकेको आरोप लगाएका छन् ।

टेक मिडिया हाउसले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले प्रदेश नम्बर ३ को राजधानी भक्तपुर उपयुक्त हुँदाहुँदै सरकारले हेटौंडा तोकेकोमा आपत्ति जनाए । ३ नम्बर प्रदेशका सबै नागरिकका निम्ति भक्तपुर केन्द्रमा पर्ने र आवश्यक पूर्वाधार समेत रहेकाले प्रदेश राजधानी भक्तपुर बनउनुपर्ने उनले बताए ।

राप्रपा अध्यक्ष कमल थापाको राजनीति बचाउको लागि सरकारले मकवानपुरको हेटौंडालाई प्रदेश राजधानी तोकेको बस्नेतको आरोप छ । सरकारद्धारा गठित कार्यदलको सुझाव विपरीत प्रदेश राजधानी हेटौंडा तोकिनु गलत भएको उनले बताए ।

सांसद बस्नेतले प्रश्न थियो, ‘रसुवादेखि सिन्धुलीसम्मका नागरिक र जनप्रतिनिधिलाई हेटौंडा कसरी पायक पर्छ ?’ उनले भने, ‘चितवनबाट पनि (आपतकालिन अवस्थामा) जहाजमार्फत २० मिनेटमै भक्तपुर पुग्न सकिन्छ, चितवनवासीलाई पनि हेटौंडा पुग्न घन्टौं लाग्छ ।’ सबै हिसाबले प्रदेश राजधानी भक्तपुर नै उपयुक्त हुने उनले दाबी गरे ।

निर्वाचनपछि कामचलाउको हैसियतमा रहेको सरकारले गरेको विभिन्न नियुक्ति र निर्णयप्रति उनले विरोध गरे । कार्यक्रममा आयोजक टेक मिडया हाउसले बस्नेतलगायत भक्तपुरका नवनिर्वाचित सांसदलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोमवार मध्यरातदेखि पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा ३/३ रुपैयाँ मूल्यवृद्धि
सोमवार मध्यरातदेखि पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा ३/३ रुपैयाँ मूल्यवृद्धि
जनकपुर उपमहानगरमा अग्रता बढाउँदै राजपा
जनकपुर उपमहानगरमा अग्रता बढाउँदै राजपा
यी हुन्, जीतको दाबेदारी गर्ने तर ५ सय मत पनि नल्याउने उम्मेदवार
यी हुन्, जीतको दाबेदारी गर्ने तर ५ सय मत पनि नल्याउने उम्मेदवार
सामान्य अंकले बढ्यो नेप्से परिसूचक
अदालतका कर्मचारी कुटपिट गरेको आरोपमा वकिल पक्राउ
अदालतका कर्मचारी कुटपिट गरेको आरोपमा वकिल पक्राउ
प्रधानमन्त्री र संघीय गठबन्धनबीच वालुवाटारमा वार्ता
प्रधानमन्त्री र संघीय गठबन्धनबीच वालुवाटारमा वार्ता
चुनावी सुरक्षामा बाँके प्रहरीको आँखाः ३ अवैध हतियारसहित ५ समातिए
चुनावी सुरक्षामा बाँके प्रहरीको आँखाः ३ अवैध हतियारसहित ५ समातिए
सरकार आक्रामक भएपछि विप्लव नेतृत्वकाे नेकपाले गर्याे  यस्ताे !
सरकार आक्रामक भएपछि विप्लव नेतृत्वकाे नेकपाले गर्याे यस्ताे !
सिटिजन्स बैंंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेद्वारा सपथ ग्रहण
सिटिजन्स बैंंकका अध्यक्ष प्रवलजङ्ग पाण्डेद्वारा सपथ ग्रहण
रौतहट प्रिमियर लिग क्रिकेट (अारपिएल) असोज ११ देखि सुरु हुने !
रौतहट प्रिमियर लिग क्रिकेट (अारपिएल) असोज ११ देखि सुरु हुने !