‘माओवादीको एजेण्डाले जितेको छ ’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २९, २०७४
|
|
४० पटक हेरिएको
Shares
‘माओवादीको एजेण्डाले जितेको छ ’

सारांश

  • बुटवल,२९ असार ।
  • रुपन्देहीमा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचननमा कम स्थानहरुमा जित हासिल गरे पनि पार्टीको एजेण्डाले भने देशभरी जितेको नेताहरुले बताएका छन ।
  • उनीहरुले जनताले नै गाउँपालिका र नगरपालिका चलाइरहेकोले पार्टीको मिसन पुरा भइसकेको दावी गरेका छन ।

बुटवल,२९ असार । रुपन्देहीमा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचननमा कम स्थानहरुमा जित हासिल गरे पनि पार्टीको एजेण्डाले भने देशभरी जितेको नेताहरुले बताएका छन । उनीहरुले जनताले नै गाउँपालिका र नगरपालिका चलाइरहेकोले पार्टीको मिसन पुरा भइसकेको दावी गरेका छन । शोषित पीडित तथा गरीब जनताको मुक्तिको लागि लड्ने देशको एक मात्र पार्टी माओवादी केन्द्रकै एजेण्डा र नीति अनुसार कांग्रेस, एमाले, फोरम र राप्रपाले अब काम गर्नुपर्ने उनीहरुको भनाइ छ ।
ने.क.पा. (माओवादी केन्द्र) जिल्ला समिति रुपन्देहीले बुधबार आयोजना गरेको निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका पोलिटव्युरो सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज हकिकुल्ला खाँले सिंहदरबारका मालिकहरुको सत्ता गाउँ नगरमा ल्याएको पार्टी माओवादी केन्द्रले सबैको मन जितिसकेको बताए । पूर्व भुमिसुधार राज्यमन्त्री समेत रहेका नेता खानले देशभरी माओवादी केन्द्रलाई आएको मत एजेण्डको मत भएको बताए । “पहिला हामीले बुलेटले जनसरकार घोषणा गरेर जनसत्ता चलाएका थियौं अहिले हामीले ब्यालेटको माध्यमबाट जनसत्ता चलाइरहेका छौं । उनले भने ।”
पार्टीका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा रुपन्देही जिल्ला सह–संयोजक गुणाखर भुषालले माओवादीको एजेण्डाभित्र सबै जनता अटाएको बताए । “सबै शोषित पीडित जनताले जित्ने कि जनप्रतिनिधिहरुले मात्र जित्ने तपाईहरुको हातमा छ, सहिदहरुको बलिदानीलाई खेर नफाल्नुहोस, तपाईहरु जनताको मालिक होइन सेवक हो, त्यसैले सबै कामलाई थाती राखेर अब जनताको सेवामा लाग्नुहोस उनले भने ।”

त्यसै गरी ओमसतिया गाउँपालिकाका नवनिर्वाचित प्रमुख हिरा कुमार केवट राहुलले आउने ५ वर्षमा रुपन्देहीको १६ स्थानीय तह मध्ये ओमसतिया गाउँपालिकालाई गाउँपालिकावासीले गर्व गर्ने खालको उत्कृष्ट गाउँपालिका बनाउने बताए । कांग्रेस, एमाले र फोरमभन्दा फरक काम गरेर देखाउने उनले दावी गरे । गरीब जनताको मुक्तिको लागि ठूलो लडाइको यात्रामा पुगेर यहाँसम्म आएकोले अब जनताको लागि नै काम गर्ने उनले बताए । “म जनताको ड्राइभरको रुपमा काम गर्नेछु, दुर्घटना हुन नदिने प्रतिबद्धता व्यक्त गर्दछु उनले भने ।”
कार्यक्रममा माओवादी केन्द्रबाट उम्मेदवार भई स्थानीय तहको निर्वाचनबाट निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरुलाई पार्टीका नेताहरुले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य निमानन्द गैरे, राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य गुणाखर भुषाल, निर्मल जिसी, प्रेम गुरुङ, प्रेस सेन्टर नेपाल रुपन्देहीका उपाध्यक्ष कमल रायमाझी लगायतको आतिथ्यता रहेको थियो । पार्टीका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा रुपन्देही जिल्ला सह–संयोजक अनुप बरालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अदालतको अवहेलना कि मिडिया ट्रायल ?  (सर्वोच्च अदालत—कान्तिपुर प्रकरण)
अदालतको अवहेलना कि मिडिया ट्रायल ? (सर्वोच्च अदालत—कान्तिपुर प्रकरण)
अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार र चन्दलाई आईजीपीमा नियुक्त गर्ने सरकारको तयारी
अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार र चन्दलाई आईजीपीमा नियुक्त गर्ने सरकारको तयारी
काठमाडौँमा ‘शून्य’ बनेको माओवादीले कसरी गर्दैछ संगठन पुनरुत्थानको तयारी ? संगठनको मोडालिटी परम्परागत भयो, अब बदल्नुपर्छ : प्रदेश अध्यक्ष
काठमाडौँमा ‘शून्य’ बनेको माओवादीले कसरी गर्दैछ संगठन पुनरुत्थानको तयारी ? संगठनको मोडालिटी परम्परागत भयो, अब बदल्नुपर्छ : प्रदेश अध्यक्ष
वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन
वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन
बालुवाटार जग्गा हडप्ने नाईकेद्वय सुवेदी र ढकाल फरार, सरकार मूकदर्शक !
बालुवाटार जग्गा हडप्ने नाईकेद्वय सुवेदी र ढकाल फरार, सरकार मूकदर्शक !
६ दर्जन हलबाट सुरक्षाको जुलेवी रिलिज
६ दर्जन हलबाट सुरक्षाको जुलेवी रिलिज
राप्रपाको संकल्पपत्र : दश वर्षमा सबै नगर स्मार्ट सिटी
एसइई नतिजा सुधार कार्यक्रम सञ्चालन
एसइई नतिजा सुधार कार्यक्रम सञ्चालन
कमल थापाले यी मेयरलाइ भने ‘तिम्रो मेयर पद खुस्काइदिउँ’?
कमल थापाले यी मेयरलाइ भने ‘तिम्रो मेयर पद खुस्काइदिउँ’?
सिटौला डिस्चार्ज भए, शुभचिन्तकलाई धन्यवाद
सिटौला डिस्चार्ज भए, शुभचिन्तकलाई धन्यवाद