गुप्तचरका इन्सपेक्टर र प्रहरीका सइ अख्तियारको फन्दामा
सारांश
- काठमाडौं, ९असार।
- प्रहरी र गुप्तचरका अधिकारीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैदिन तीन कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ।
- नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी जागिर खाएकाहरुविरुद्ध मुद्दा दायर गरिएको हो।
काठमाडौं, ९असार। प्रहरी र गुप्तचरका अधिकारीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैदिन तीन कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी जागिर खाएकाहरुविरुद्ध मुद्दा दायर गरिएको हो।
राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अनुसन्धान अधिकृत (इन्सपेक्टर) दोलखबहादुर कार्की, नेपाल प्रहरीका सइ विकास कार्की र जन जागृत माध्यमिक विद्यालय, करुवानी, रुपन्देहीका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष सर्वजीतप्रसाद चौधरी भन्ने सर्वजीत थारुविरुद्ध पनि मुद्दा दायर भएको हो।
तीनै जना भारतमा पढेको भन्दै शैक्षिक प्रमाणपत्र पेश गरेकोमा अनुसन्धानको क्रममा उनीहरुले पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको खुलेको हो।
केही दिनयता दैनिक आयोगले नक्कली प्रमाणपत्रधारी सरकारी कर्मचारीविरुद्ध मुद्दा दायर गर्दै आएको छ।
प्रतिक्रिया