आइपीएल- कोलकाता नाइटराइडर्सलाई जित्यो दिल्लीले

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १५, २०७५
|
|
५२ पटक हेरिएको
Shares
आइपीएल- कोलकाता नाइटराइडर्सलाई जित्यो दिल्लीले

सारांश

  • काठमाडौं ।
  • इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत दिल्ली डेयर डेभिल्सले घरेलु मैदान फिरोज शाह कोट्लामा कोलकाता नाइटराइडर्समाथि ५५ रनको सानदार जित निकालेको छ ।
  • टस हारेर व्याटिङ गरेको दिल्लीले कोलकातालाई २२० रनको लक्ष्य दिएको थियो।

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत दिल्ली डेयर डेभिल्सले घरेलु मैदान फिरोज शाह कोट्लामा कोलकाता नाइटराइडर्समाथि ५५ रनको सानदार जित निकालेको छ ।

टस हारेर व्याटिङ गरेको दिल्लीले कोलकातालाई २२० रनको लक्ष्य दिएको थियो। २२० रनको लक्ष्य पाएको कोलकाताले ९ विकेटको क्षतिमा १६४ रन मात्र बनाउन सक्यो।

कोलकताका एन्ड्रयु रसेलले ४४ रनको योगदान दिए पनि जितका लागि काफि हुन सकेन। शुवमान गिलले ३७ र सुरेश नरैनले २६ रन बनाए ।

बलिङतर्फ अमित मिश्रा, अभेस खान, ग्लेन म्याक्सवेल र ट्रेन्ट बोल्टले २–२ विकेट लिए ।

दिल्लीका नवनियुक्त कप्तान श्रेयर लेरले नट आउट ९३ रन बनाउँदै जितका लागि महत्वपूर्ण योग्दान गरे। उनले ४० बलमा ३ चौका र १० छक्का प्रहार गरे।

पृथ्वी शाले ४४ बलमा ६२ रनको पारी खेले।  उनले ७ चौका र २ छक्का प्रहार गरे। कोलिन मुनरोले १८ बलमा ४ चौका र २ छक्कासहित ३३ तथा ग्लेन म्याक्सवेलले १८ बलमा १ चौका र २ छक्कासहित २७ रन जोडे।

बलिङतर्फ प्युष चावला, शिभम माभी र आन्द्रे रुसेलले समान १ विकेट लिए।

यो जितसँगै दिल्ली ४ अंकसहित सातौं स्थानमा उक्लिएको छ।  ६ खेलबाट १० अंक बटुलेको चेन्नई शीर्ष स्थानमा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?