नेता देखि पूर्व राजासम्मको रहस्यमय दिल्ली दौड

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ५, २०७६
|
|
४७ पटक हेरिएको
Shares
नेता देखि पूर्व राजासम्मको रहस्यमय दिल्ली दौड

सारांश

  • काठमाडौं, ५ फागुन ।
  • पछिल्लो समय राजनीतिक दलका नेता देखि पूर्व राजासम्मको दिल्ली दौडले गति लिएको छ ।
  • नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अघिल्लो महिना दिल्ली पुगेर फर्किए ।

काठमाडौं, ५ फागुन । पछिल्लो समय राजनीतिक दलका नेता देखि पूर्व राजासम्मको दिल्ली दौडले गति लिएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अघिल्लो महिना दिल्ली पुगेर फर्किए । उपचारको बहानामा गएका उनले राजनीतिक भेटघाट समेत गरे ।

नेपाली काँग्रेसभित्र आन्तरिक विवाद चर्किइरहँदा पौडेल दिल्ली पुगी भारतीय रक्षामन्त्री राजनाथ सिंहलगायतसँग महत्वपूर्ण भेटवार्ता गरी फर्किए । अघिल्लो हप्तामात्र दिल्लीबाट राजपा नेताहरु राजेन्द्र महतो र शरदसिंह भण्डारी फर्किए । उनीहरु एक साता दिल्ली बसाईंबाट फर्किएका हुन् । दिल्लीबाट फर्किएपछि महतोले राजपा तत्काल सरकारमा नजाने बताइसकेका छन् । यसअघि उनी सरकारमा जान खुट्टा उचालेर बसेका थिए ।नेकपा नेताहरु भने पछिल्लो समय दिल्ली आवतजावत कम गर्न थालेका छन् । तर, उनीहरुले दूत पठाएर सक्रियता देखाउने गरेका छन् ।

नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइराला, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, दिपकुमार उपाध्यायलगायत लखनऊ पुगेर फर्किएका छन् । उनीहरुले लखनऊमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग महत्वपूर्ण भेटवार्ता गरेका थिए ।आइतबारमात्र पूर्व राजा ज्ञानेन्द्र शाहको दिल्ली दौड चलेको छ । उनी दुई साता भारत बस्नेछन् । शाहले पत्नी कोमलको ७ फागुनको जन्मदिन उतै मनाउँदैछन् । पूर्व राजा दार्जि्लिङ र सिक्किम पुगेर फर्किएको केही दिनमै दिल्ली लागेका हुन् । उनले दिल्लीमा सत्तारुढ दल भाजपाका नेताहरुसँग भेट्ने निकटस्थले बताएका छन् ।
पछिल्लो समय नेता देखि पूर्व राजासम्मको दिल्ली दौडलाई अर्थपूर्ण मानिएको छ ।देशमा राजनीतिक परिवर्तनका चर्चा परिचर्चा चलिरहँदा सत्तारुढबाहेकका शक्तिबाट भएको सक्रियता र दिल्ली दौडका कारण सरकारमा रहेकाहरु समेत झस्किएको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मस्जिदमा नमाज पढ्ने कार्यक्रम स्थगित
मस्जिदमा नमाज पढ्ने कार्यक्रम स्थगित
आइतबारदेखि शनिबारसम्मको राशिफल, कुन राशिलाई कस्तो छ यो साता ?
आइतबारदेखि शनिबारसम्मको राशिफल, कुन राशिलाई कस्तो छ यो साता ?
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, बदली र हिमपातको सम्भावना
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, बदली र हिमपातको सम्भावना
पाकिस्तानी सेनाद्वारा रक्षा बजेट कटौती गर्ने घोषणा
पाकिस्तानी सेनाद्वारा रक्षा बजेट कटौती गर्ने घोषणा
मन्त्रीहरूकाे तिहार खल्बल्याउने प्रचण्डकाे याे पछिल्लाे अभिव्यक्ति !
टेलिकमले भन्यो-०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस्, ठगिनुहोला !
टेलिकमले भन्यो-०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस्, ठगिनुहोला !
निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारको नामावली सार्वजनिक
वामका धामीसँग ८ हजार बढी मतान्तरले पूर्वमन्त्री साउद पराजित
वामका धामीसँग ८ हजार बढी मतान्तरले पूर्वमन्त्री साउद पराजित
 विश्वकप फुटबल छनोटका लागि नेपाली टोलीको घोषणा
 विश्वकप फुटबल छनोटका लागि नेपाली टोलीको घोषणा
कोरोना महामारी : इटालीमा मृत्युदर घटेन, अमेरिका अर्को इपिसेन्टर हुन सक्ने
कोरोना महामारी : इटालीमा मृत्युदर घटेन, अमेरिका अर्को इपिसेन्टर हुन सक्ने