काउन्टर सभाको तयारीमा ओली समूह

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ११, २०७७
|
|
२४ पटक हेरिएको
Shares
काउन्टर सभाको तयारीमा ओली समूह

सारांश

  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली र नेपाल–दाहाल समूहले एकअर्काविरुद्ध काउन्टर आमसभा गर्न थालेका छन्।
  • नेपाल–दाहाल समूहले राजधानीमा शुक्रबार विशाल आमसभा गरेपछि ओली समूहले पनि वाग्मती प्रदेश कमिटीको आयोजनामा २३ गते काउन्टर आमसभा गर्ने भएको छ।
  • प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल–दाहाल समूहले देशभर विभिन्न कार्यक्रमसहित आमसभा गर्न थालेपछि ओली समूहले पनि काउन्टरमा त्यस्तै प्रकृतिका कार्यक्रम तय गरेको हो।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली र नेपाल–दाहाल समूहले एकअर्काविरुद्ध काउन्टर आमसभा गर्न थालेका छन्। नेपाल–दाहाल समूहले राजधानीमा शुक्रबार विशाल आमसभा गरेपछि ओली समूहले पनि वाग्मती प्रदेश कमिटीको आयोजनामा २३ गते काउन्टर आमसभा गर्ने भएको छ। प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल–दाहाल समूहले देशभर विभिन्न कार्यक्रमसहित आमसभा गर्न थालेपछि ओली समूहले पनि काउन्टरमा त्यस्तै प्रकृतिका कार्यक्रम तय गरेको हो।

वाग्मती प्रदेशको आयोजनामा हुने आमसभामा देशभरबाटै नेताकार्यकर्ता सहभागी हुने ओली समूहले जनाएको छ। ओली समूहले सबै सम्पर्क मञ्च, जनवर्गीय संगठनलाई आमसभामा सहभागी हुन निर्देशन दिएको छ। यो एक प्रकारको नेपाल–दाहालको आमसभालाई काउन्टर दिने उद्देश्यले आयोजना गर्न लागिएको हो। तर सो समूहका वाग्मती प्रदेश अध्यक्ष आनन्द पोखरेलले यो काउन्टर आमसभा नभएको बताए।

‘हाम्रो राजनीतिक उद्देश्य र मूल्यमान्यता जनतालाई जानकारी गराउने हेतुले कार्यक्रम गर्न लागिएको हो। काउन्टर आमसभा होइन’, आमसभा आयोजकसमेत रहेका पोखरेलले भने। उनका अनुसार यस्ता सभाले राजनीतिक उद्देश्य बोकेका कारण यसलाई काउन्टर भन्ने शब्द प्रयोग गर्नु हुँदैन। ‘उहाँहरूसँग हामीले प्रतिस्पर्धा नै गर्नु छैन। उहाँहरू निर्वाचनबाट भाग्दै हुनुहुन्छ भने कसरी काउन्टर हुन्छ ? यो त स्वाभाविक आमसभा हो’, पोखरेलले भने।

उनका अनुसार अराजकताको अन्त्य, संविधान र राष्ट्रिय स्वाधीनताको रक्षा, नेपाली भूमिबाट विदेशी सेना हटाउने अभियान तथा विदेशी सेनामुक्त नेपाल बनाउने अभियानका साथ आमसभा हुन लागेको हो। ‘हामीले माघ ६ गते वाग्मती प्रदेशको चौथो बैठकबाट माघ २३ गते आमसभा गर्ने निर्णय गरेको हो। यो काउन्टर होइन, हामी कसैलाई काउन्टर दिन चाहँदैनौं। उहाँहरूसँग प्रतिस्पर्धा गर्नु छैन। उहाँहरूलाई जनादेशमा जानु नै छैन।

अनि कसरी प्रतिस्पर्धा हुन्छ र’, उनले भने, ‘यो आमसभाबाट राजनीतिक सन्देश दिनु छ। जनतालाई पार्टीको आगामी रोडम्याप जानकारी दिनु छ। मूलतः राजनीजिक स्वाधीनताको रक्षा तथा नेपाली भूमिबाट विदेशी सेना हटाउनु छ। संविधानको रक्षा गर्नु छ। राजनीतिक स्थायित्वका लागि ताजा जनादेशमा जानु छ।’ उनले आमसभाको तयारी माघ ६ बाटै सुरु गरेको बताए।

आयोजकका अनुसार पार्टीका सबै तहका नेताकार्यकर्ता, जनवर्गीय संगठन, शुभेच्छुक र सर्वसाधारण आमसभाका सहभागी हुनेछन्। आमसभालाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेलले सम्बोधन गर्नेछन्। ओलीले नेपाल–दाहाल समूहले आयोजना गरेको आमसभालाई ‘केही साना गल्लीमा मान्छे राखेर भीड देखाएको’ टिप्पणी गरेका छन्।

‘आमसभा के हो, वास्तविक जनप्रदर्शन कस्तो हुन्छ, भन्ने हामी २३ गते गरेर देखाउँछौं। वास्तविक जनपरिचालन कस्तो हुन्छ भन्ने कुराको कास्टिङ त्यो बेला देखाउँछौं,’ प्रधानमन्त्री ओलीले शुक्रबार भनेका थिए।नेपाल–दाहाल समूहले प्रदेशस्तरीय आमसभालाई महत्व दिँदै आएको छ। यो समूहले अब विराटनगरमा आमसभाको तयारी गरिरहेको छ। सो समूहले वडा तहमा पनि विभिन्न सभाहरू गरिरहेको छ। ओली पक्षले भने जिल्लाव्यापी सभा गर्दै आएको छ। दुवै पक्षले आआफ्नो समूहमा नेताकार्यकर्ता तान्न सभा र बैठक गरिरहेका छन्। नेपाल–दाहाल समूहले प्रदेशस्तरीय आमसभा गरेपछि ओली समूहले काठमाडौंमा सभा गर्न लागेको हो। ओली समूहले पार्टीका कमिटीहरू पुनर्गठन पनि एकसाथ गर्दै लगेको छ। नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वभर कोरोना निको हुनेको संख्या १० लाख नाघ्यो
विश्वभर कोरोना निको हुनेको संख्या १० लाख नाघ्यो
नेपालगन्ज डुवानमा, स्थानीय भन्छन ‘मेयर, उपमेयर साब डुङ्गा चढेर अनुगमनमा  अाउनुहाेस’
नेपालगन्ज डुवानमा, स्थानीय भन्छन ‘मेयर, उपमेयर साब डुङ्गा चढेर अनुगमनमा अाउनुहाेस’
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
उपभोक्ता संरक्षण विधेयक स्वीकृत
उपभोक्ता संरक्षण विधेयक स्वीकृत
चलचित्र जालोका लेखक तथा निर्देशक अराज केशव र प्रोड्युसर मोहित मुनाल सँग गरेको बिशेष सम्बाद  !(भिडियो सहित)
चलचित्र जालोका लेखक तथा निर्देशक अराज केशव र प्रोड्युसर मोहित मुनाल सँग गरेको बिशेष सम्बाद !(भिडियो सहित)
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि सञ्चालनमा आउने
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी जनवरी १ देखि सञ्चालनमा आउने
केपी ओलीको गृहनगरमा २० वर्ष पहिलेकै उम्मेदवार !
केपी ओलीको गृहनगरमा २० वर्ष पहिलेकै उम्मेदवार !
नेकपा स्थायी कमिटी बैठक, भारतले हटाउन लागेको अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग जवाफ माग
नेकपा स्थायी कमिटी बैठक, भारतले हटाउन लागेको अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग जवाफ माग
नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध
नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध
स्वास्थ्य संस्थामा औषधि अभाव
स्वास्थ्य संस्थामा औषधि अभाव

तपाईंले छुटाउनुभयो कि?