शहीद दिवसमा प्रधानमन्त्री ओलीको सन्देश

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १६, २०७५
|
|
३६ पटक हेरिएको
Shares
शहीद दिवसमा प्रधानमन्त्री ओलीको सन्देश

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्ति परास्त भएको बताएका छन् ।
  • शहीद दिवसका अवसरमा बुधबार सन्देश जारी गर्दै उनले राणाशासविरुद्ध १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले गरेको बलिदानीले नेपालको लोकतान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको बताए ।
  • “पुस्तौँदेखि अनवरत रूपमा लोकतन्त्रका निम्ति सङ्घर्ष गर्दै नेपाली समाज सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ युगमा आइपुगेको छ”, उनले सन्देशमा भनेका छन्, “राजनीतिक सङ्क्रमण सम्पन्न गरी हामी देशको विकास र आर्थिक सामाजिक रुपान्तरणका लागि केन्द्रीकृत भएका छौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्ति परास्त भएको बताएका छन् । शहीद दिवसका अवसरमा बुधबार सन्देश जारी गर्दै उनले राणाशासविरुद्ध १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले गरेको बलिदानीले नेपालको लोकतान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको बताए ।

“पुस्तौँदेखि अनवरत रूपमा लोकतन्त्रका निम्ति सङ्घर्ष गर्दै नेपाली समाज सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ युगमा आइपुगेको छ”, उनले सन्देशमा भनेका छन्, “राजनीतिक सङ्क्रमण सम्पन्न गरी हामी देशको विकास र आर्थिक सामाजिक रुपान्तरणका लागि केन्द्रीकृत भएका छौँ ।”

उनले समाज रुपान्तरण र देश निर्माणको प्रक्रियामा सहभागी भएमा मात्र शहीदप्रति सच्चा श्रद्धान्जलि व्यक्त गरेको ठहरिने बताउँदै देशको आर्थिक सामाजिक रुपान्तरणको प्रक्रियामा सहभागी भई नेपाल आमाका ती महान् सपूतप्रति साँचो अर्थमा श्रद्धाञ्जलि अर्पण गर्न सबैमा आह्वान गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?