कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै बर्षमा तिन विधाको कार्यक्रम सुरू

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १०, २०७५
|
|
१७ पटक हेरिएको
Shares
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै बर्षमा तिन विधाको कार्यक्रम सुरू

सारांश

  • काठमाडौं, १० असाेज ।
  •   स्वास्थ्य व्यावसायिक परिषद्को गत असोज ६ गते बसेको बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिपिएच कार्यक्रम सञ्चालन गर्न अनुमति दिएकाे छ ।
  • अनुमति पाएसंगै अब यसै वर्षदेखि ब्याचरल इन पब्लिक हेल्थ ( बिपिएच) अध्यापन सुरु हुने भएको छ।

काठमाडौं, १० असाेज ।  स्वास्थ्य व्यावसायिक परिषद्को गत असोज ६ गते बसेको बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिपिएच कार्यक्रम सञ्चालन गर्न अनुमति दिएकाे छ । अनुमति पाएसंगै अब यसै वर्षदेखि ब्याचरल इन पब्लिक हेल्थ ( बिपिएच) अध्यापन सुरु हुने भएको छ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले परिषद्को टोलीले अनुगमन गरिसकेपछि अध्यापनका लागि स्वीकृति दिएको बताए। उनले भने, ‘अब केही दिनमै बिपिएच भर्नाका लागि प्रवेश परीक्षाको सूचना प्रकाशित गर्छौ, ब्याचरल तहको मिडवाइफरी कार्यक्रकमा लागि पनि एक सातापछि प्रवेश परीक्षा हुदैँछ।’ काफ्लेका अनुसार सो कार्यक्रमका लागि परिषद्ले २० सिट निर्धारण गरेको छ ।

त्यसैगरि यसै बर्षनै प्रतिष्ठानले एमडी एन जनरल प्राक्ट्रिस (एमडिजिपी) अध्यापनका लागि सम्पूर्ण तयारी पुरा गरेको जनाएको छ। रजिष्ट्रार काफ्लेले केही दिनमै नेपाल मेडिकल काउन्सिललाई निरीक्षणका लागि पत्र पठाउने जानकारी दिए।  ‘यो वर्ष हामीले तीन विधाको कार्यक्रम कार्यक्रम सुरु गरिसक्छौँ, त्यसपछिको हाम्रो एउटै लक्ष्य अर्को वर्ष कर्णालीमा एमविविएस कार्यक्रम सुरु गर्नु हो।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?