अहिले संविधान संशोधन गर्ने बेला होइन:नेपाल
सारांश
- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संविधान र निर्वाचनप्रति व्यक्त गरिँदै आएका असन्तुष्टिको सम्बोधन अब निर्वाचनपछि मात्रै गरिने बताएका छन| प्रेस चौतारी नेपाल कास्कीले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले देश चुनावमय बनिसकेको र निर्वाचन आयोगपनि वैशाख ३१ गतेका दिन स्थानीय तहको निर्वाचन गर्न तीव्र गतिले अघि बढिसकेकाले सानातिना विवादमा अल्झेर निर्वाचनलाई कोही कसैले अप्ठ्यारो पार्ने काम नगर्न आग्रह गरेका छन | नेता नेपालले भने- “अहिलेको बेला संविधान संशोधन गर्ने बेला होइन, देश र जनताको हितमा छ भने त्यो पछि विचार गरौँला ।
- ” प्रजातन्त्रको संस्थागत विकास गर्ने आधार खम्बा नै निर्वाचन हो भन्दै उहाँले जनताका सेवा र सुविधा घरदैलोमा पु¥याउने नयाँ संरचनाअनुसारको स्थानीय तहको निर्वाचनबाट मधेसवादी दल डराएर जनताबाट भाग्लान्जस्तो आफूलाई नलागेको चर्चा गरेका छन ।
- उहाँले केही वर्षदेखि देशले भोग्दै आएको राजनीतिक अस्थिरताको अन्त्य गर्न निर्वाचनमा कुनै एक दलले स्पष्ट बहुमत पाउनु पर्ने जिकिर गरेका हुन ।
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संविधान र निर्वाचनप्रति व्यक्त गरिँदै आएका असन्तुष्टिको सम्बोधन अब निर्वाचनपछि मात्रै गरिने बताएका छन|
प्रेस चौतारी नेपाल कास्कीले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले देश चुनावमय बनिसकेको र निर्वाचन आयोगपनि वैशाख ३१ गतेका दिन स्थानीय तहको निर्वाचन गर्न तीव्र गतिले अघि बढिसकेकाले सानातिना विवादमा अल्झेर निर्वाचनलाई कोही कसैले अप्ठ्यारो पार्ने काम नगर्न आग्रह गरेका छन |
नेता नेपालले भने- “अहिलेको बेला संविधान संशोधन गर्ने बेला होइन, देश र जनताको हितमा छ भने त्यो पछि विचार गरौँला ।”
प्रजातन्त्रको संस्थागत विकास गर्ने आधार खम्बा नै निर्वाचन हो भन्दै उहाँले जनताका सेवा र सुविधा घरदैलोमा पु¥याउने नयाँ संरचनाअनुसारको स्थानीय तहको निर्वाचनबाट मधेसवादी दल डराएर जनताबाट भाग्लान्जस्तो आफूलाई नलागेको चर्चा गरेका छन ।
उहाँले केही वर्षदेखि देशले भोग्दै आएको राजनीतिक अस्थिरताको अन्त्य गर्न निर्वाचनमा कुनै एक दलले स्पष्ट बहुमत पाउनु पर्ने जिकिर गरेका हुन ।
उहाँले केही वर्षदेखि देशले भोग्दै आएको राजनीतिक अस्थिरताको अन्त्य गर्न निर्वाचनमा कुनै एक दलले स्पष्ट बहुमत पाउनु पर्ने जिकिर गरेका हुन ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया