काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि‍‍…

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०८१
|
|
२२ पटक हेरिएको
Shares
काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि‍‍…

सारांश

  • काठमाडौं।
  • काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमानको इन्डिकेटरमा समस्याको संकेत देखिएपछि विमानचालकले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराएका छन्।

काठमाडौं। काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको उक्त विमानको इन्डिकेटरमा समस्याको संकेत देखिएपछि विमानचालकले काठमाडौं फर्काएर सुरक्षित अवतरण गराएका छन्।

बुद्ध एयरका अनुसार उडान नम्बर ६५५ विमानमा प्राविधिक समस्या आउनासाथ काठमाडौं फर्काउने निर्णय भएको हो। फ्लाइट राडरका अनुसार उक्त विमानले धावनमार्गबाट उड्नासाथ काठमाडौँ माथिको आकाशमा करिब तीन राउण्ड लगाएको थियो।

पोखरा उडेको उक्त विमान प्राविधिक समस्याले पुनःकाठमाडौं अवतरण गरेको विमानस्थलका एक उच्च अधिकारीले बताए। कम्पनीले अर्को विमानमार्फत यात्रुलाई गन्तव्यमा पुर्‍याएको छ। तीव्र वायु चलेका कारण जनकपुर गन्तव्यको उडानसमेत रद्द गर्नुपरेको कम्पनीले उल्लेख गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?