भदाै महिनाकाे काठमाण्डौँ प्रहरी अवार्ड प्रदान , को-को भए उत्कृष्ट ?
सारांश
- काठमाडौं, २० भदाै ।
- महानगरीय प्रहरी परिसर काठमाण्डौँले भदाै महिनाको काठमाण्डौँ प्रहरी अवार्ड वितरण गरेको छ ।
- यस महिनाको अवार्ड डिएसपी तर्फ महानगरीय प्रहरी वृत्त, जनसेवामा कार्यरत डिएसपी टेकुनन्द लिम्बु र प्रहरी वृत्त, लैनचौर प्रमुख गौतमकुमार केसीले संयुक्त रुपमा पाएका छन् ।
काठमाडौं, २० भदाै । महानगरीय प्रहरी परिसर काठमाण्डौँले भदाै महिनाको काठमाण्डौँ प्रहरी अवार्ड वितरण गरेको छ । यस महिनाको अवार्ड डिएसपी तर्फ महानगरीय प्रहरी वृत्त, जनसेवामा कार्यरत डिएसपी टेकुनन्द लिम्बु र प्रहरी वृत्त, लैनचौर प्रमुख गौतमकुमार केसीले संयुक्त रुपमा पाएका छन् । उत्कृष्ठ डिएसपी घोषित भएका लिम्बु र गैतमलाई महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार संयुक्त रुपमा ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरेको हो ।
त्यसैगरी , प्रहरी निरीक्षकतर्फ भने महानगरीय प्रहरी वृत्त दरबारमार्गमा कार्यरत जितेन्द्र श्रेष्ठ र प्रहरी परिसर, काठमाडौंमा कार्यरत अनिलकुमार अधिकारी उत्कृष्ट भएका छन् । परिसरमा आयोजित एक कार्यक्रमका विच इन्स्पेक्टरद्धय अधिकारी र श्रेष्ठले संयुक्त रुपमा जनही ३५ हजार रुपैयाँ प्राप्त गरेका छन् । महानगरस्थित प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको हौसला वृद्धि गर्नका लागि उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरिएको छनौट समितिका संयोजक एसपी रामदत्त जोशीले बताए ।
प्रतिक्रिया