पीपीएल क्रिकेटः सन्दिपको लगातार दोस्रो हार, धनगढीको शानदार जित !

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ११, २०७५
|
|
२६ पटक हेरिएको
Shares
पीपीएल क्रिकेटः सन्दिपको लगातार दोस्रो हार, धनगढीको शानदार जित !

सारांश

  • काठमाडौँ, ११ कात्तिक ।
  • पोखरामा जारी पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटमा विराटनगर लगातार दोस्रोपटक पराजित भएको छ ।
  • आइतबार भएको खेलमा पहिलो जित निकाल्ने क्रममा धनगढीले विराटनगरलाई पराजित गरेको हो ।

काठमाडौँ, ११ कात्तिक । पोखरामा जारी पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटमा विराटनगर लगातार दोस्रोपटक पराजित भएको छ । आइतबार भएको खेलमा पहिलो जित निकाल्ने क्रममा धनगढीले विराटनगरलाई पराजित गरेको हो ।

एक सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर मात्र एक सय ४ रन बनाएर अल आउट भएपछि धनगढीले खेल ७८ रनले जितेको हो । विराटनगरका लागि सुनिल धमलाले २१ मोहमद आलमले १९, एन्ड्रि सुभिक्षणले १८ र कप्तान सन्दिप लामिछानेले १० रन बनाउनु बाहेक अन्यले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । धनगढीका डेन ल्वरेन्सले ३ र कप्तान दिपेन्द्र सिँह ऐरीले २ विकेट लिए ।

यसअघि पोखरा क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको धनगढी ब्लुजले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ८२ रन बनाएको थियो । धनगढीका लागि पिटर ट्रेगोले ५३, सौरभ खनालले ४३ र कप्तान दिपेन्द्र सिँह ऐरीले २९ रन बनाए । विराटनगरका जितेन्द्र मुखिया एक्लैले ४ विकेट लिए ।

यो विराटनगरको लगातार दोस्रो हार हो । यस अघि प्रतियोगिताको पहिलो खेलमा नै आयोजक पोखरासँग पाराजित भएको थियो । त्यस्तै शनिबार काठमाडौँसँग पराजित भएको धनगढीले आफ्नो पहिलो जित दर्ता गरेको हो ।

अाइतबार कै अर्काे खेलमा बुटवल ब्लास्टर्स र पाेखरा पल्टन भिड्नेछन् । खेल दिउसाे १ः१५ बाट शुरु हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कार,ह्त्या,हिंसा घटनाकाे बिराेधमा उदयपुरका महिलाहरुले बुजाए प्र.जी.अ.लाई ज्ञापनपत्र
बलात्कार,ह्त्या,हिंसा घटनाकाे बिराेधमा उदयपुरका महिलाहरुले बुजाए प्र.जी.अ.लाई ज्ञापनपत्र
नाडाल र फेडेरर इटालियन ओपन टेनिसको तेस्रो चरणमा
नाडाल र फेडेरर इटालियन ओपन टेनिसको तेस्रो चरणमा
आज खाँणको बयान नसकिएपछि मंगलबार पनि बोलाइयो
आज खाँणको बयान नसकिएपछि मंगलबार पनि बोलाइयो
१२ लाखभन्दा बढी रुपैयाँ खर्चेर जापान आएका तीन युवा नेपाल फर्कदै
१२ लाखभन्दा बढी रुपैयाँ खर्चेर जापान आएका तीन युवा नेपाल फर्कदै
माघ निगल्दो पनि हुस्सु र स्याँठ
माघ निगल्दो पनि हुस्सु र स्याँठ
सहमतिपछि राहत शिक्षकको आन्दोलन फिर्ता
सहमतिपछि राहत शिक्षकको आन्दोलन फिर्ता
उत्तेजना फैलाउने र संवैधानिक आयोगको मानमर्दन गरिएकोमा निर्वाचन आयोगको आपत्ति
उत्तेजना फैलाउने र संवैधानिक आयोगको मानमर्दन गरिएकोमा निर्वाचन आयोगको आपत्ति
गत वर्ष राजश्व असुली ६ खर्ब १२ अर्ब रुपैयाँ भएको छ : अर्थमन्त्री कार्की
गत वर्ष राजश्व असुली ६ खर्ब १२ अर्ब रुपैयाँ भएको छ : अर्थमन्त्री कार्की
एक साताभित्र उखु किसानको भुक्तानी व्यवस्था मिलाउन उद्योग समितिको सरकारलाई निर्देशन
एक साताभित्र उखु किसानको भुक्तानी व्यवस्था मिलाउन उद्योग समितिको सरकारलाई निर्देशन
देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने

तपाईंले छुटाउनुभयो कि?