निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै – रक्षामन्त्री प्रधान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०७४
|
|
२४ पटक हेरिएको
Shares
निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै – रक्षामन्त्री प्रधान

सारांश

  • काठमाडौँ, २९ मंसिर , रक्षामन्त्री भीमसेनदास प्रधानले संविधान कार्यान्वयनका लागि भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै गएको बताउनुभएको छ ।
  • शहीद शुक्रराज शास्त्रीको १२४औँ जन्मजयन्तीका अवसरमा शहीद शुक्र माध्यमिक विद्यालयले आज यहाँ आयोजना गरेको ‘भवन उद्घाटन तथा शृंखला साहित्यिक मासिक पत्रिका विमोचन’ समारोहमा उहाँले शुक्र माविले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नेगरी शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो ।
  • “जनताको हक, अधिकार र मुलुकको विकासका लागि शहीदहरुले सहादत प्राप्त गरेका थिए अब त्यो सपनालाई हामीले पूरा गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

काठमाडौँ, २९ मंसिर , रक्षामन्त्री भीमसेनदास प्रधानले संविधान कार्यान्वयनका लागि भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै गएको बताउनुभएको छ ।

शहीद शुक्रराज शास्त्रीको १२४औँ जन्मजयन्तीका अवसरमा शहीद शुक्र माध्यमिक विद्यालयले आज यहाँ आयोजना गरेको ‘भवन उद्घाटन तथा शृंखला साहित्यिक मासिक पत्रिका विमोचन’ समारोहमा उहाँले शुक्र माविले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नेगरी शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो । “जनताको हक, अधिकार र मुलुकको विकासका लागि शहीदहरुले सहादत प्राप्त गरेका थिए अब त्यो सपनालाई हामीले पूरा गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

मन्त्री प्रधानले राणा शासन बिरुद्ध लड्दै गर्दा सहादत प्राप्त गर्नुभएका चार शहीदमध्ये तीन शहीदको नाममा विभिन्न पूर्वाधार स्थापना भए पनि धर्मभक्तको नाममा केही नबनेकाले उहाँलाई सम्झने गरी अस्पताल निर्माण गर्नुपर्ने धारणा व्यक्तगर्नुभयो । निर्वाचनमा काँग्रेसले हारेर पनि देशले जितेको छ भन्दै उहाँले अब सुशासन कायम गरी मुलुकलाई आर्थिक विकासको गतिमा अघि बढाउनुपर्छ भन्नुभयो ।

पूर्वसभामुख दमननाथ ढुङ्गानाले शहीदले मुलुकको विकास र समृद्धिका लागि देखेको सपना पूरा भए मात्र उहाँहरुप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो । उहाँले नयाँ सरकारले शिक्षाको विकासका लागि छुटृै नीति तथा कार्यक्रम ल्याउनुपर्ने सुझावसमेत दिनुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निजी क्षेत्रसँगको प्रतिस्पर्धामा उत्कृष्ट हुने गरी पठनपाठन गराउन सुझाव दिनुभयो । उहाँले नयाँ संरचनाअनुुुसार शिक्षा क्षेत्र स्थानीय तहबाट सञ्चालन हुन लागेको भन्दै राम्रो नतिजा दिने विद्यालयलाई महानगरले राम्रो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्यालयका अध्यक्ष होमप्रसाद खड्गी, कामनपा उपप्रमुख हरिप्रभा खड्गी, प्राज्ञ दिनेशराज पन्त, विद्यालयका प्रधानाध्यापक मञ्जु तुलाधर लगायतले शहीदको नाममा स्थापना गरिएका विद्यालयको विकास र विस्तारका लागि राज्यले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गरिब तथा जेहन्दार छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्नाका साथै विद्यालयबाट प्रत्येक महिना प्रकाशित हुने ‘शृङ्खला’ नामक साहित्यिक मासिक पत्रिका विमोचन गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?