काठमाडौँमा डेरा पनि पाएनन् कृष्णबहादुर महराले

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १७, २०७६
|
|
२९ पटक हेरिएको
Shares
काठमाडौँमा डेरा पनि पाएनन् कृष्णबहादुर महराले

सारांश

  • कुनैबेला कृष्णबहादुर महराको पछाडि लाग्ने धेरै थिए ।
  • उनका पछाडि नेता, कार्यकर्ता, कर्मचारी देखि व्यापारी सम्म लाग्थे ।
  • भेट्नेको भ्याइनभ्याई हुन्थ्यो ।

कुनैबेला कृष्णबहादुर महराको पछाडि लाग्ने धेरै थिए । उनका पछाडि नेता, कार्यकर्ता, कर्मचारी देखि व्यापारी सम्म लाग्थे । भेट्नेको भ्याइनभ्याई हुन्थ्यो । तर, अहिले उनै महरा कोठा समेत नपाउने अवस्थामा पुगेका छन् ।

सभामुख पदबाट राजीनमाा दिएपछि सभामुख निवास बालुवाटार छाडेपछि महरा कोठा नपाएर छटपटिएका छन् । दशैंको मुखमा कोठा नपाउँदा महरा परिवार तनावमा छ । भेट्न आउनेहरु पनि पातलिएका छन् ।

नेपालीमा एउटा उखान छ, ओरालो लागेको मृगलाई बाछोले पनि खेद्छ । महरा त्यही हालतमा पुगेका छन् । उनले सहयोग गरेकाहरु नै बिच्किएका छन् । तिनीहरुबाट सहयोग पाएनन् ।

आफ्नै दल नेपाल कम्युनिष्ट पार्टीबाट पनि महराले साथ पाउन सकेनन् । उल्टै उनीमाथि प्रहार भइरहेको पूर्व माओवादी पक्षधरबाट उठिरहेको छ ।

महराका छोराहरुले फेसबुकमार्फत् आफ्नैले सहयोग नगरेको पोष्ट गरेर असन्तुष्टि समेत पोखिसके । यतिसम्मकी पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले खाली पद हात पार्न हतारो गरिरहेको टिप्पणी समेत गरे ।

रोशनी शाहीले जर्बजस्तीको आरोप लगाएपछि राजीनामा दिन वाध्य भएका महरालाई परिवारको भने साथ छ । पत्नी र छोराहरुले राम्रो साथ दिइरहेका छन् । महराले भेट्न आउनेसँग विपत्तिमा को आफ्नो र पराई हुन् भन्ने थाहा हुँदोरहेछ भन्नथालेको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?