जिप दुर्घटना: गापा सचिवको मृत्यु, उपाध्यक्ष घाइते
सारांश
- खरा।
- गोरखाको धार्चे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
- गाउँपालिकाको काशीगाउँमा अपाड्गता परिचयपत्र वितरणका लागि गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुडलगायत आठ जना सवार बा १ च ५५०५ नम्बरको जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका वडा नं.
खरा। गोरखाको धार्चे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
गाउँपालिकाको काशीगाउँमा अपाड्गता परिचयपत्र वितरणका लागि गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुडलगायत आठ जना सवार बा १ च ५५०५ नम्बरको जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका वडा नं. ६ वडा सचिव किरण रिमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते उपाध्यक्ष सहित सात जनालाई उपचारका लागि काठमाडौं पठाउँने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए। गयराती आरुघाटबाट काशीगाउँ हिडेको बोलेरो जीप आरुघाट गाउँपालिका वडा नं. १ स्थित धोरतको जंगलमा दुर्घटना भएको थियो।
दुर्घटना स्थल अप्ठ्यारो ठाउँमा भएकाले घाइतेको उपचारमा समस्या भएको स्थानीयले जनाएका छन्। प्रहरी प्रमुख अधिकारीले घाइते सबैलाई उपचारका लागि काठमाडौं पठाउँने तयारी अनुसार नेपाली सेनाको हेलिकप्टर मगाइएको जानकारी दिए।
प्रतिक्रिया