प्रधानमन्त्री प्रचण्ड र श्रीलंकका राष्ट्रपतिबीच भेटवार्ता
सारांश
- काठमाडौं।
- संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्कमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासीङ्गेबीच भेटवार्ता भएको छ।
- भेटवार्ताका अवसरमा उनीहरुबीच दुईपक्षीय हित र चासोका विषयमा छलफल भएको छ।
काठमाडौं। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्कमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासीङ्गेबीच भेटवार्ता भएको छ।
भेटवार्ताका अवसरमा उनीहरुबीच दुईपक्षीय हित र चासोका विषयमा छलफल भएको छ। यसैबीच प्रधानमन्त्री ‘प्रचण्ड’सँग राष्ट्रसंघीय उच्च प्रतिनिधि रवाव फतिमाले पनि भेट गरेका छन्।
न्यूयोर्कस्थित नेपालको स्थायी नियोगले दिएको जानकारीअनुसार भेटका अवसरमा दुबैबीच सामूहिक चासोका विभिन्न विषय र अल्पविकसित देशहरूको चासोलाई बहुपक्षीय फोरममा प्रोत्साहन गर्ने विषयमा छलफल भएको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया