कालोपत्र भएको सडक एक वर्षमै जीर्ण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ६, २०७६
|
|
३७ पटक हेरिएको
Shares
कालोपत्र भएको सडक एक वर्षमै जीर्ण

सारांश

  • काठमाडौँ, ६ वैशाख : सडक कालोपत्र भएको एक वर्षमै गौरीघाट–टुसाल सडकमा खाल्डाखुल्डी हुन थालेको छ ।
  • सडक कालोपत्र गर्दा गुणस्तरीय काम नभएकाले एक वर्षमै जीर्ण भएको स्थानीयवासीको गुनासो छ ।
  • तोकिएको समयभन्दा बढी समय लगाएर बनेको सडक निर्माण भएको एक वर्षमै जीर्ण बन्दा हिउँदमा धुलो र वर्षामा हिलोको समस्या रहेको स्थानीय रवि भट्टराई बताउनुहुन्छ ।

काठमाडौँ, ६ वैशाख : सडक कालोपत्र भएको एक वर्षमै गौरीघाट–टुसाल सडकमा खाल्डाखुल्डी हुन थालेको छ । सडक कालोपत्र गर्दा गुणस्तरीय काम नभएकाले एक वर्षमै जीर्ण भएको स्थानीयवासीको गुनासो छ ।

तोकिएको समयभन्दा बढी समय लगाएर बनेको सडक निर्माण भएको एक वर्षमै जीर्ण बन्दा हिउँदमा धुलो र वर्षामा हिलोको समस्या रहेको स्थानीय रवि भट्टराई बताउनुहुन्छ । निर्माण व्यवसायीले सम्झौताअनुसार काम नगर्ने, सडक डिभिजन कार्यालयले अनुगमन नगर्ने गरेकाले कमजोर सडक निर्माण भएको हो ।

तीन किमीको यो सडकको दर्जनभन्दा बढी स्थानमा खाल्डाखुल्डी परेको छ । कतिपय स्थानमा भने स्थानीयवासीले खानेपानीको पाइप लैजाँदा खनेको खाल्डो नपुरिँदा त्यहीँबाट सडक जीर्ण बन्न थालेको छ ।

सडक सम्पन्न भएको एक वर्षभित्र बिग्रिए निर्माण व्यवसायीले नै मर्मतसम्भार गर्नुपर्ने व्यवस्था छ । सडक डिभिजन कार्यालयले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई पानीको पाइप बिच्छ्याउन अनुमति दिए पनि सडक बनाउन नलगाएको कुमारीगाल टोल सुधार समितिका अध्यक्ष मुकुन्द अधिकारीले बताउनुभयो ।

गत वर्ष वर्षाद्मा यो सडक विस्तार सम्पन्न भएको थियो । सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख कैलाशकुमार श्रेष्ठ निर्माण भएको एक वर्ष अगावै सडक जीर्ण भए निर्माण व्यवसायीलाई मर्मत गराउने बताउनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?